२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिल्ला स्तरबाट प्रवाह हुने सबै सेवा गाँउमै दिईने

२२ फाल्गुन २०७२, शनिबार १४:१६

नरी बडु/फागुन २२, बैतडी । जिल्ला स्तरबाट प्रवाह हुने सबै प्रकारका सरकारी सेवाहरु बैतडीका गाँउ–गाँउमा गएर दिईने भएको छ ।

जिल्लाको पुर्चौडी क्षेत्रमा आईतबार अर्थात फागुन २३ गते देखि सुरु हुन लागेको एकिकृत घुम्ती शिविरको मौका पारी सबै सरकारी सेवाहरु गाँउ–गाँउमा दिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाईमा जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न ठाउंमा भाली अर्थात आईतबारबाट शिविर सञ्चालन हुन लागेको छ ।

आईतबार पहिलो दिन भूमिराज र हाट गाविस, २४ गते कुवाकोट र भटना, २५ गते न्वादेउ र महादेवस्थान र २६ गते हाट र मल्लादेहीमा शिविर सञ्चालन हुन लागेको वताईएको छ ।

शिविरमा जिल्ला स्तरबाट प्रवाह हुने सबै सरकारी सेवा दिईन लागेकाले स्थानिय स्तरका सबै सेवा लिन चाहाने सेवाग्राहिलाई बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गर्नुभएको छ ।

सरकारी क्षेत्रबाट जिल्लामा प्रदान गरिने सेवाहरु यस पटक स्थानीय जनताको घरदैलो मै पुगेर प्रदान गर्न लागिएको लागेको उहाँको भनाई रहेको छ ।

एकिकृत घुम्ती शिविर अन्र्तगत नागरिकता वितरण, मतदाता नामावलीमा नाम दर्ता, अपाङ्गता परिचय पत्र वितरण, स्वास्थ्य सेवा अन्र्तगत गर्भ जांच, आयुर्वेद क्लिनिक अन्र्तगत १९ प्रकारका औषधि वितरण गरिने भएको छ ।

शिविरमा माटो परिक्षण, प्लान्ट क्लिनिक संचालन, विभिन्न तरकारीका बीउ विजन, कृषि सम्बन्धि प्राविधिक सल्लाह दिईने जिल्ला कृर्षि विकास कार्यालयका योजना अधिकृत कर्ण वहादूर चन्दले बताए ।

शिविर संचालनको लागि सहायक प्रमुख जिल्ला अधिकरी टेक सिंह कुवंर नेतृत्वको जिल्लाका सरकारी कार्यालयका कर्मचारीको एक टोली आज पुर्चौंडी क्षेत्र गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का