४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तीन वर्षभित्र बैतडी बालविवाह मुक्त जिल्ला घोषणा हुने

२ चैत्र २०७२, मंगलवार ०२:३५

नरी बडु/चैत्र २, बैतडी । बालविवाहको गलत प्रचलनले जडो गाडेको बैतडी जिल्ला ३ वर्ष पछि अर्थात विक्रमसम्बद २०७५ भित्र वालविवाहमुक्त जिल्ला घोषणा हुने भएको छ ।

नेपाल सरकारले चैत्र १० गते गर्न लागेको वालिका सम्मेलनलाई मध्यनजर गर्दै बालविवाह न्यूनिकरणमा सहयोग होस भन्ने उद्देश्यले बैतडीको खोड्पेमा सोमबार आयोजना गरीएको अन्र्तपुस्ता सम्बाद कार्यक्रम जिल्लाका सम्पुर्ण सरोकारवाला र अभिवावकहरुले सामुहिक प्रतिवद्धता जनाएपछि बैतडी वालविवाह मुक्त हुने भएको हो ।

काठमाण्डौमा हुने बालीका सम्मेलनका लागि प्रतिनिघि छनोट गर्नुका साथै बैतडी जिल्लालाई विक्रम संवद २०७५ भित्र वालविवाह मुक्त घोषण गर्ने सामुहिक प्रतिवद्धता साहित अन्र्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

अन्र्तपुस्ता संवाद कार्यक्रमले बैतडीबाट चार जना वालीकाहरुलाई सम्मेलनमा पठाउने तयारी गरेको वालविवाह न्यूनिकरणका क्षेत्रमा काम गरीरहेको संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिएका) का जिल्ला संयोजक गणेस साहिले बताउनुभयो ।

जिल्लामा संगठित किशोरी बृत समुहका पदाधिकारीहरु (निर्मला मडै, निर्मला भट्ट, मानमती टेलर र ममता भट्ट) लाई सम्मेलनमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

उनिहरुले बैतडी जिल्लामा वालविवाहको समस्या, वालीकाका मुद्धा र यसका सवालहरुमा सम्मेलनमा आवाज उठाउने छन् । साहिका अुनसार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायत जिल्ला स्थीत सम्पुर्ण सरोकारवाला स्थानिय अभिवावक र वालिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सबैले बैतडी जिल्लालाई विक्रम संम्बद २०७५ भित्र वालविवाह मुक्त घोषणा गर्ने सामुहिक प्रतिवद्धता समेत गरेका छन् ।

चैत्र १० गते हुने वालिका सम्मेलनमा सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी लगायत देशका १५ जिल्लाका वालिकाहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता