२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षा भएपछि सुदूरपश्चिमका किसानहरु हर्षित

२ चैत्र २०७२, मंगलवार ०२:३७

बिन्दु चन्द/चैत्र २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा विगत केहि दिन अगाडीदेखि पानी पर्न थालेपछि किसानहरु हर्षित भएका छन् ।

विगतका दिनमा परेको लामो समयको खडेरीले गहुँ लगायत विभिन्न नगदे वाली तथा फलफूलहरु सुक्न लागेको बेला पानि पर्न थालेपछि यहाँका किसानहरु हर्षित भएका हुन् ।

विगत महिनौ देखि यस क्षेत्रमा पानी नपर्दा किसानहरुलाई समस्या भएको थियो भने जंगली जनावरहरुका लागि पनि चरनको अभाव भएको थियो । ढीलै भएपनि विगत ३–४ दिन अघि देखि पानी पर्न थालेपछि किसानहरुलाई केहि राहत हुने विश्वास गरीएको छ ।

गहुँ छर्ने समयदेखि अहिलेको समयसम्म पानी नपर्दा बैतडीका धेरैजसो क्षेत्रमा यस वर्ष छरेको गहुँ उम्रेको छैन् । जिल्लामा रहेको असिंचित जमिनमा यस्तो समस्या देखिएको स्थानिय किसानहरुले गुनासो गरेका छन् ।

उक्त समस्याले यस जिल्लामा भोकमरीको सभ्वावना हुने कतिपयले आकलन गरेका छन् । त्यसैपनि जिल्लाको तल्लो स्वराड क्षेत्रलाई भोकमरीको उच्च जोखिममा मानिन्छ भने यस वर्ष झन समस्या भएको छ ।

अहिले जिल्लामा रहेका किसानहरुमध्ये ७९ प्रतिशत किसानहरुले वार्षिक उत्पादन गरेको अन्न स्वयमलाई समेत खान पुग्दैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ