३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एकहत्तर जिल्लालाई उछिन्दै बैतडी जिल्ला स्वास्थ्य चौथो स्थानमा

३ चैत्र २०७२, बुधबार १६:०७

नरी बडु, चैत्र ३ बैतडी । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष कार्य सम्पादनका आधारमा गर्ने मुल्याङ्कनमा यस वर्ष बैतडी जिल्ला देशका ७१ जिल्लालाई उछिन्दै चौथो स्थानमा पर्न सफल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य मन्त्रालयले दिएका काम चुस्त, दुरुस्त र मापदण्डअनुसार गर्नुपर्ने कार्य ७१ जिल्ला भन्दा राम्रो गरेकाले चौथो स्थानमा पर्न सफल भएको हो । मुल्याङ्कन टोलीले तयार पारेको ३५ वटा सूचकबाट प्राप्त अंकका आधारमा बैतडीले ८६ दशमलब ८ अंक प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डक्टर गुणराज अवस्थी बैतडी आएपछि स्वास्थ्यमा चर्चा पाएको बैतडीले पाल्पा, अक्षाम र म्याग्दीलाई भने उछिन्न सकेन् । मन्त्रालयले जनाएअनुसार ८९ दशमलब ३ अंकले पाल्पा पहिलो, ८८ दशमलब ९ अंकका साथ अक्षाम दाश्रो र ८७ अ‍ैकंका साथ म्याग्दी तेश्रो स्थानमा पर्न सफल भएका छन् । तेश्रो स्थानबाट बैतडी म्याग्दी संग झिनो अंकले अर्थात शुन्य दशमल २ अंकले चुकेको हो ।

स्वास्थ्य क्षेत्रको विकासका लागि तल्लीन बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले आउदो वर्षको सुचकांकमा नम्बर वन भएर छाड्ने विश्वास व्यक्त गरेका छन् । अवस्थीले गएको वर्ष १५ स्थानमा रहेको जिल्ला अहिले ११ स्थान माथि उक्लीनुमा सम्पुर्ण स्वास्थ्यकर्मि टीम, स्थानिय समुदाय, पत्रकार, राजनितिक दल लगायत सबैको हात रहेकाले सबैलाई धन्यवाद सहित आउदा दिनमा पनि सहयोगको र सहकार्यको आपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’