नरी बडु, चैत्र ३ बैतडी ।
नेपाल निजामति कर्मचारी संगठनका पुर्व केन्द्रीय समितीका सदस्य एवम् बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले कर्मचारीहरुको पहिलो कार्य जनताको सेवा गर्नु भएको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन बैतडीले बैतडीको निजामती कर्मचारी संगठनलाई आधिकारीक ट्रेड यूनियनको थालनी गर्न आयोजना गरेको बैठकलाई संवोधन गदैए उहाले यस्तो बताएका हुन् ।
संगठनमा आबद्ध कर्मचारीहरुलाई नेपाल निजामति कर्मचारी संगठनसंग आवद्ध व्यक्तिहरुले जनउक्तरदाई भई सेवा दिन र संगठनलाई पनि बलीयो बनाउन जरुरी रहेको सुझाव दिएका छन् ।
देशको पहिलो निजामती कर्मचारी संगठनको रुपमा चिनीने यस संगठनसंग आवद्ध व्यक्तिहरुले सरकारको निति नियममा रही काम गर्नुपर्ने र कर्मचारीको हक हितका संवन्धमा पनि आवज उठाउन आवश्यक रहेको उनको भनाई रहेको छ ।
बुधबार जिल्लाको गोठलापानीमा आयोजना गरीएको बैठकको अवसर पारेर नयाँ निजामति कर्मचारी संगठन संग आस्थावान कर्मचारीहरुलाई नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमलापति भट्ट र पुर्व केन्द्रीय सदस्य कुवरले दोसल्ला र अबिर सहित संगठनमा स्वागत गरेका छन् ।