२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गुफामा अड्कीएको सव अझै निकाल्न सकिएन, विषेश टोलीको पहिलो प्रयास असफल

४ चैत्र २०७२, बिहीबार ०२:२७

नरी बडु, चैत्र ४ बैतडी ।
स्थानियले देखेको बैतडीको पाताल भूमेश्वर भित्र रहेको शव अझै बाहिर निकाल्न सकिएको छैन् ।
गुफभित्र जान एकदमै असजिलो भएकाले तिन दिन वितिसक्दा समेत सब निकाल्न नसकिएको हो ।  सव निकाल्न कैलालीको अतिरीयाबाट आएको शसस्त्र प्रहरीको विषेश टोलीले आज गुफा भित्र फसेको सव निकाल्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

बुधबार विषेश टोली सव निकाल्न गुफाभित्र पसेको भएपनि सव सुन्नीएको अवस्थामा र त्यो ठाँउमा एकदमै साँघुरो ठाँउ भएकाले निकाल्न सकिएको छैन् ।

शबलाई निकाल्नको लागी कैलालीको अतरीया बाट ईन्सपेक्टर राजेन्द्र कुवरको नेतृत्वमा आएको ७ जनाको टोली, २ जना स्थानीय र गरी ९ जनाको टोली को पहिलो प्रयास असफल भएको छ ।

फागुन २४ महाशिवरात्री देखी वेपत्ता पाटन नगरपालिकाका ५० वर्षिय भरत बहादूर चन्दको शब मृत अवस्थामा अस्ती पातालभूमेश्वर गुफा भित्र भेटीएको थियो ।

स्थानीय तिलख बिस्टले चन्दको शब गुफा भित्र देखेपछी प्रहरीलाई खबर गर्नु भएको थियो । बैतडीका प्रहरी र स्थानीयबासिले शब बाहीर निकाल्न नसकेपछी कैलालीबाट सशस्त्रको टोली आएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले बताउनुभयो ।

पतालभुमेश्वरमा हिजो दिउसो प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरीकार्यलयका प्रमुख प्रहरी नावय उपरिक्षक मोहन प्रसाद पोख्रेल, ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर कृष्ण साउद, पुर्व जिविस सभापति परमानन्द भट्ट लगायतका व्यक्तिहरुजानु भएको थियो ।

स्थलगत अवस्थाको अवलोकन गरीसकेपछि बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरी प्रमुखले गुफा धेरै गहिरो भएकाले भित्र सम्म जाँदा फेरी घटना दोहोरीन सक्ने सम्भावना भएकाले गुफाको धेरै भित्रसम्म नजान सबैमा सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत