२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाटकबाट व्यवस्थीत परिवार बनाउन सिकाइदै

२०७३, ४ चैत्र शुक्रबार ०९:०६


शंकर के सी | चैत ४, सल्यान | सल्यानका विभिन्न स्थानमा व्यवस्थीत परिवार र परिवार नियोजनका साधनको प्रयोगमा प्रेरित गर्ने उद्देश्यले स्टेज नाटक देखाइने भएको छ ।

सल्यानको सल्लीबजार, थारमारे, लुहाम बजारमा र कपुरकोटमा नाटक देखाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानको सहयोगमा गाउँवेशी सूचना केन्द्र द्वारा सञ्चालित रेडियो कपुरकोट, सल्यानले नाटक देखाउने भएको हो ।

रेडियोका स्टेशन मैनेजर सन्तोष जि.एम. का अनुसार सल्लीबजारमा यहि चैत्र १४ गते सल्लीबजार, १५ गते थारमारे  १६ गते लुहाममा र १७ गते कपुरकोटमा व्यवस्थीत र सानो परिवारको महत्व बुझाउन चेतनामूलक स्टेज नाटक देखाइने छ ।

घर परिवार तथा समाजका हरेक क्रियाकलापलाइ व्यवस्थीत र सहज तरिकाले सम्पन्न गर्नका लागी, आर्थीक अवस्थालाइ सुदृढ पार्नका लागी, स्वास्थ्य अवस्थालाइ सधै सबल राख्नका लागी र यो आधुनिक समाज एवम् देशका लागी पनि व्यवस्थीत परिवार र सानो परिवार बनाउन आवश्यक छरहेकोले यस बारेमा चेतना फैलाउन लागिएको रेडियोले जनाएको छ ।

कुन उमेरमा विवाह गर्ने, भाबि पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित बनाइराख्नका लागि के कस्ता नियोजक साधन तथा प्रबिधिको प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, दुइ बच्चाको जन्मान्तर कति राख्ने, बाल बच्चाको हेरचाह तथा शिक्षा दिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समयमै सहि किसिमको योजना बनाई सोहि अनुरूप पारिवारिक जीवन सन्चालन गर्नु नै परिवार नियोजन (पारिवारिक योजना) हो भन्ने कुरालाइ नाटकमा देखाइने स्टेशन मैनेजर जि.एम.ले जनाए ।

स्टेज नाटकको साथमा ख्याती प्राप्त कलाकारहरुले आफ्नो सचेतनामूलक प्रस्तुती राख्ने पनि उनले जनाए । जिएमले भने–‘स्टेज नाटक प्रदर्शन गरिनुका साथै चर्चीत कलाकारहरु दुर्गेश थापा, प्रेम विवश घर्ती, लक्ष्मी वोहोरा, खिमा सापकोटा, झुमा डागी लगाएतकाले आफ्नो सांस्कृतीक प्रस्तुती पनि राख्ने छन् ।’

कर्यक्रमको स्थानीय व्यवस्थापन स्वास्थ्य चौकी देवस्थल, प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, स्वास्थ्य चौकी त्रिवेणिले गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु