२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाटकबाट व्यवस्थीत परिवार बनाउन सिकाइदै

४ चैत्र २०७३, शुक्रबार ०९:०६


शंकर के सी | चैत ४, सल्यान | सल्यानका विभिन्न स्थानमा व्यवस्थीत परिवार र परिवार नियोजनका साधनको प्रयोगमा प्रेरित गर्ने उद्देश्यले स्टेज नाटक देखाइने भएको छ ।

सल्यानको सल्लीबजार, थारमारे, लुहाम बजारमा र कपुरकोटमा नाटक देखाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानको सहयोगमा गाउँवेशी सूचना केन्द्र द्वारा सञ्चालित रेडियो कपुरकोट, सल्यानले नाटक देखाउने भएको हो ।

रेडियोका स्टेशन मैनेजर सन्तोष जि.एम. का अनुसार सल्लीबजारमा यहि चैत्र १४ गते सल्लीबजार, १५ गते थारमारे  १६ गते लुहाममा र १७ गते कपुरकोटमा व्यवस्थीत र सानो परिवारको महत्व बुझाउन चेतनामूलक स्टेज नाटक देखाइने छ ।

घर परिवार तथा समाजका हरेक क्रियाकलापलाइ व्यवस्थीत र सहज तरिकाले सम्पन्न गर्नका लागी, आर्थीक अवस्थालाइ सुदृढ पार्नका लागी, स्वास्थ्य अवस्थालाइ सधै सबल राख्नका लागी र यो आधुनिक समाज एवम् देशका लागी पनि व्यवस्थीत परिवार र सानो परिवार बनाउन आवश्यक छरहेकोले यस बारेमा चेतना फैलाउन लागिएको रेडियोले जनाएको छ ।

कुन उमेरमा विवाह गर्ने, भाबि पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित बनाइराख्नका लागि के कस्ता नियोजक साधन तथा प्रबिधिको प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, दुइ बच्चाको जन्मान्तर कति राख्ने, बाल बच्चाको हेरचाह तथा शिक्षा दिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समयमै सहि किसिमको योजना बनाई सोहि अनुरूप पारिवारिक जीवन सन्चालन गर्नु नै परिवार नियोजन (पारिवारिक योजना) हो भन्ने कुरालाइ नाटकमा देखाइने स्टेशन मैनेजर जि.एम.ले जनाए ।

स्टेज नाटकको साथमा ख्याती प्राप्त कलाकारहरुले आफ्नो सचेतनामूलक प्रस्तुती राख्ने पनि उनले जनाए । जिएमले भने–‘स्टेज नाटक प्रदर्शन गरिनुका साथै चर्चीत कलाकारहरु दुर्गेश थापा, प्रेम विवश घर्ती, लक्ष्मी वोहोरा, खिमा सापकोटा, झुमा डागी लगाएतकाले आफ्नो सांस्कृतीक प्रस्तुती पनि राख्ने छन् ।’

कर्यक्रमको स्थानीय व्यवस्थापन स्वास्थ्य चौकी देवस्थल, प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, स्वास्थ्य चौकी त्रिवेणिले गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…