२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पढ्न, बुझ्न र सिक्नका लागि पढाई शिविर

४ चैत्र २०७३, शुक्रबार ०९:११

चैत ४, उदयपुर | विद्यालयमा बालबालिकाहरुको पठन पाठन खस्किदै गर्दा उनिहरुको सिकाई उपलब्धी बढाउनका लागि समुदायमा पढाई शिविर संचालन हुने भएको छ ।  

जिल्ला शिक्षा कार्यालयको समन्वय र सहकार्यमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा तिन वटा गाविसमा २६ वटा पढाई शिविर संचालन हुने भएको छ ।

जिल्लाको रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका १ कक्षा देखी ३ कक्षा सम्मका बालबालिकाहरुलाई विद्यालयमा, समुदायमा र घरमा तिनै स्थानमा शैक्षिक वातावरण निर्माण  गर्नका लागि सो कार्यक्रम संचालन गरिएको जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।

२६ वटा पढाई शिविरका सहजकर्ताहरुका लागि विहिबार बाट गाईघाटमा संचालन भईरहेको ३ दिवसीय सहजकर्ता क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वल्र्डभिजन ईन्टरनेशनल नेपाल उदयपुरका व्यवस्थापक चेतराज भट्टराईले प्राथमिक तहका बालबालिकाहरुको सिकाई उपलब्धीमा समस्या देखिएकोले नेपाल सरकारको शिक्षा निति अनुसार साक्षरता प्रबलीकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

व्यवस्थापक भट्टराईले आफनो समुदायको बालबालिकाहरुको पठन पाठनमा स्थानिय अभिभावकहरुकै अगुवाई हुनुपर्ने कुरामा जोड दिदै तालिमका सहजकर्ताहरु पनि स्थानिय अभिभावकहरुनै भएकोले अबका दिनमा पढाई शिविरमा पढाउन र सिकाउने वातावरण तयार गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

प्रत्येक साता शनिवारका दिन डेढ घण्टा समुदायमा संचालन हुने पढाई शिविरमा नजिकैका १ देखी ३ कक्षाका बालबालिकाहरुको सहभागिता रहने परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । बालबालिकाहरुलाई खेल, गीत, विषयबस्तु प्रस्तुती, कथा, पढाई क्रियाकलाप, रचनात्मक क्रियाकलाप, दैनिक टिपोट लगायतका प्रक्रियाहरु अपनाएर ९० मिनेटको समयलाई सदुपयोग गर्ने गराउने कुरा पाठ्यक्रममा रहेको संयोजक साहले बताउनुभयो ।  

संयोजक साहले पढाई शिविरमा आउने बालबालिकाहरुको अभिभावकहरुलाई समेत आ–आफ्ना बालबालिकाहरुको दैनिक गतिविधिहरुमा सहयोग गर्न र सिकाई पक्रियामा सहभागी गराउन अभिमुखिकरण कार्यक्रम समेत संचालन हुने जानकारी गराउनुभयो ।

सेवा क्षेत्रका विद्यालयहरुमा समेत १ देखी ३ कक्षाका ग्रेड शिक्षकहरुलाई तालिम, बुक कर्नर लगायतका सहयोग समेत उपलब्ध गराउने योजना रहेको संस्थाले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…