२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पढ्न, बुझ्न र सिक्नका लागि पढाई शिविर

२०७३, ४ चैत्र शुक्रबार ०९:११

चैत ४, उदयपुर | विद्यालयमा बालबालिकाहरुको पठन पाठन खस्किदै गर्दा उनिहरुको सिकाई उपलब्धी बढाउनका लागि समुदायमा पढाई शिविर संचालन हुने भएको छ ।  

जिल्ला शिक्षा कार्यालयको समन्वय र सहकार्यमा जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा तिन वटा गाविसमा २६ वटा पढाई शिविर संचालन हुने भएको छ ।

जिल्लाको रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका १ कक्षा देखी ३ कक्षा सम्मका बालबालिकाहरुलाई विद्यालयमा, समुदायमा र घरमा तिनै स्थानमा शैक्षिक वातावरण निर्माण  गर्नका लागि सो कार्यक्रम संचालन गरिएको जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।

२६ वटा पढाई शिविरका सहजकर्ताहरुका लागि विहिबार बाट गाईघाटमा संचालन भईरहेको ३ दिवसीय सहजकर्ता क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वल्र्डभिजन ईन्टरनेशनल नेपाल उदयपुरका व्यवस्थापक चेतराज भट्टराईले प्राथमिक तहका बालबालिकाहरुको सिकाई उपलब्धीमा समस्या देखिएकोले नेपाल सरकारको शिक्षा निति अनुसार साक्षरता प्रबलीकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

व्यवस्थापक भट्टराईले आफनो समुदायको बालबालिकाहरुको पठन पाठनमा स्थानिय अभिभावकहरुकै अगुवाई हुनुपर्ने कुरामा जोड दिदै तालिमका सहजकर्ताहरु पनि स्थानिय अभिभावकहरुनै भएकोले अबका दिनमा पढाई शिविरमा पढाउन र सिकाउने वातावरण तयार गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

प्रत्येक साता शनिवारका दिन डेढ घण्टा समुदायमा संचालन हुने पढाई शिविरमा नजिकैका १ देखी ३ कक्षाका बालबालिकाहरुको सहभागिता रहने परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । बालबालिकाहरुलाई खेल, गीत, विषयबस्तु प्रस्तुती, कथा, पढाई क्रियाकलाप, रचनात्मक क्रियाकलाप, दैनिक टिपोट लगायतका प्रक्रियाहरु अपनाएर ९० मिनेटको समयलाई सदुपयोग गर्ने गराउने कुरा पाठ्यक्रममा रहेको संयोजक साहले बताउनुभयो ।  

संयोजक साहले पढाई शिविरमा आउने बालबालिकाहरुको अभिभावकहरुलाई समेत आ–आफ्ना बालबालिकाहरुको दैनिक गतिविधिहरुमा सहयोग गर्न र सिकाई पक्रियामा सहभागी गराउन अभिमुखिकरण कार्यक्रम समेत संचालन हुने जानकारी गराउनुभयो ।

सेवा क्षेत्रका विद्यालयहरुमा समेत १ देखी ३ कक्षाका ग्रेड शिक्षकहरुलाई तालिम, बुक कर्नर लगायतका सहयोग समेत उपलब्ध गराउने योजना रहेको संस्थाले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु