२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गुफाभित्र अड्कीएको सव चार दिन पछि निकालियो, वैज्ञानिकको अथक प्रयास

५ चैत्र २०७२, शुक्रबार १६:११

नरी बडु, चैत्र ५ बैतडी ।
बैतडीको पातालभुमेश्वर गुफा भित्र अड्कीएको सव लाई आज चौथो दिन निकालिएको छ ।
वैज्ञानिक भनेर चिनिने अर्थात बैतडीको दुर्गास्थानका भुवन भट्ट को अथक प्रयास, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियको प्रयासबाट उक्त सव आज निकालिएको हो ।

उक्त सव जिल्लाको पाटन नगरपालीका १० का भरत बहादुर चन्दको भएको पुष्टी समेत भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख मोहन प्रसाद पोखरेलले बताउनुभयो ।

मंगलबार बाट निकाल्न प्रयास गरीएको सव आज उक्त प्रयासबाट निकालिएको उहाँले बताउनुभयो । हरेक काम नयाँ तरीकाले गर्ने अर्थात स्थानिय स्तरमा वैज्ञानिक भनेर चिनिने भुवन भट्टले आजको दिन जसरीपनि सव निकाल्ने अठोट गरेका थिए ।

यसर अठाट अनुसार विगत ४ दिनदेखि निकाल्न नसकिएको सव निकालेपछि भट्टको चौतर्फी प्रसंसा भएको छ । अहिले सवको मुजुल्का बनाउने काम सकिएको र सवलाई पोष्टमाटम गरी परिवारको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर कृष्ण साउदले बताउनुभयो ।

“मंगलबारबाट शवलाई गुफा बाहिर निकाल्नका लागि थालिएको प्रयास आज सार्थक भयो” जिल्ला प्रहरी प्रमुख पोखरेलले भने । उक्त सव निकाल्नमा जिल्ला स्थीत नेपाल प्रहरी, कैलालीको अत्तरीयाबाट आएको ससस्त्रको विषेश टोली र स्थानियको अहम भुमिका रहेको छ । सव करीब डेढ किलोमिटर गहिरोमा फसेको थियो ।

मंगलबार उक्त घटना सुन्ने बेलादेखि मलिन मुद्रामा देखिएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी प्रमुख लगायतका व्यक्तिहरुपनि प्रयास सफल भएपछि सामान्य मुद्रामा फर्किएका छन् ।

पातालभुमेश्वर गुफालाई दक्षिण एसीयाकै लामो गुफा भनेर यसअघि नै फ्रान्सेली गुफा बिशेषज्ञहरुले बताएका थिए । तर अहिले सम्म सो गुफाभित्र कोही मानिस फसेर मरेको घटना नभएपनि पातालभुमेश्वर गुफाभित्र गएर मानिस मरेको यो पहिलो घटना भएको स्थानीय जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ