चैत ७, पाल्पा । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ७, पाल्पा । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन । 

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरन व्यवसायबाट मासिक पच्चिस हजार आम्दानी

२०७३, ७ चैत्र सोमबार ०८:०२


चैत ७, पाल्पा । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन । 

आरन व्यवसायबाट नै उहाँले परिवारको गुजारा चलेको छ । विकले विगत ४० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आउनुभएको छ । 

तामा र फलामका सामग्रीलाई कँुदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उहाँले मासिक रु २५ हजारसम्म आम्दानी गर्नुहुन्छ । तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आउनुभएको छ । 

उहाँ भन्नुहुन्छ – “हातमा सीप भएपछि जीवन धान्न समस्या छैन, आफूले जानेदेखि नै आरन व्यवसाय चलाइरहेको छु ।” हातले कुँदेर बनाइएका कोदालो, बन्चरो रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताउनुभयो । दिनमा कम्तीमा पनि पाँच जनासम्म ग्राहक आउँछन् । तामाको माग हिजोआज कम भएका कारण फलामका विभिन्न सामग्री निर्माण गर्ने गरेको उहाँको भनाइ छ । 

यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकको जीवन जिउने आधार पनि आरन व्यवसाय नै हो । उहाँले झन्डै ४८ वर्षदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सो व्यवसायबाट उहाँ खुसी हुनुहुन्छ । उहाँले हातले कुँदेर तामाको गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरीलगायत सामग्री निर्माण गर्दैआउनुभएको छ । तामाका सामग्री प्रतिकिलो रु एक हजार ८०० मा बिक्री गर्दै आउनुभएको छ । ज्यालादारीमा भने प्रतिकिलो रु एक हजार २०० मा तामाका सामग्री निर्माण गर्नुहुन्छ । 

यही व्यवसायबाट विकले पाँचजना छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ – “आरन व्यवसाय नै जीवनको आधार हो ।” विकले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गरिरहनुभएको छ । 

रामपुर नगरपालिका क्षेत्रमा इन्द्रबहादुर र लालबहादुर जस्तै हाल १५ जनाको हाराहारीमा आरन व्यवसायी रहेका छन् । करिब १० वर्ष अगाडी यस क्षेत्रमा ५० जनाभन्दा बढीको हाराहारीमा आरन व्यवसायी रहेकामा पछिल्लो समयमा युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा पेसा नै लोप हँुदै गएको छ । 

प्लास्टिक र स्टिलका सामग्री सस्तो मूल्यमा सहरदेखि गाउँगाउँमा उपलब्ध हुन थालेपछि आरन व्यवसाय धरापमा परेको हो । युवापुस्ताको बढ्दो विदेश पलायनको मोह, सीप हस्तान्तरण नहुनुजस्ता कारणले परम्परागत आरन व्यवसाय विस्थापित हुँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा