Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जुम्लामा ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थी एकैदिन निष्कासीत

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ ।

जुम्लामा तोकिएका १४ परिक्षा केन्द्रका अधिकांश निरिक्षकहरुले चिटचोराउने तथा नियम संगत परिक्षा संचालन नगर्ने, कुनै शिक्षण संस्थामा कार्यरत नभएकालाई र परिक्षामा गार्ड राखिएको र निरन्तर परिक्षार्थीहरुले परिक्षामा होहल्ला गर्ने तथा अनियमित गतिविधिका बीच पनि दैनिक परिक्षाहरु संचालन भईरहेका छन् ।

प्रायः परिक्षा केन्द्रका गार्डहरुले परिक्षामा चिट चोराउने गरेकाले पनि परिक्षा मर्यादित नभएको पाइएको छ ।

एका तर्फ विद्यार्थी चिटचोर्ने तथा अर्कोतर्फ निरिक्षक र गार्ड बसेकाहरुले अनियमति कार्यमा अग्रसर भएकाले विभिन्न परिक्षा केन्द्रहरुबाट परिक्षार्थी तथा निरिक्षकलाई निष्कासन गर्ने लहर पनि जुम्लामा चलिरहेको छ । यसैबिच बुधबार जुम्लाका ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थीलाई बुधबारको परिक्षाबाट निष्कासन गरिएको छ ।

परिक्षामा नियम विपरित कार्य गरेको भन्दै ११ जना निरिक्षकलाई पुन: परिक्षामा सामेल नहुने गरी निष्कासन गरिएको छ भने विद्यार्थीहरुलाई बुधबारको परिक्षा रद्द हुने परिक्षाबाट निष्काशित गरिएको परिक्षा सुचना अधिकारी खडानन्द चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सिंजा लुड्कु परिक्षा केन्द्रबाट निरिक्षकहरु शंकर धिताल, डिलिप कुमार यादब, सारादा आर्चाय, जगत रावत र लोकेन्द्र उपाध्यायलाई निष्कासन गरिएको छ । सोही केन्द्रबाट विद्यार्थी सपना बुढा र विजय रावललाई बुधबारको परिक्षा रद्द हुने गरी निष्काशित गरिएको छ ।

साथै विद्यालय निरिक्षक मकरबहादुर भण्डारीको टोलीले पनि नराकोट परिक्षा केन्द्रबाट ३ जना निरिक्षकलाई निष्कासन गरेको छ । निष्कासन हुनेमा राजबहादुर बुढा, बद्रिनाथ योगी र पन्चलाल बुढा रहेका छन् ।

त्यस्तैः कर्णाली मावि अनामनगर परिक्षा केन्द्रबाट निरिक्षक निरु तिमिल्सिना र लोकबहादुर थापालाई बुधबारबाट निष्कासन गरिएको विद्यालय निरिक्षक तथा परिक्षा सुचना अधिकारी खडानन्द चौलागाँईले रेडियो माउन्टेनलाई जानकारी दिनुभयो ।

सोहि केन्द्रबाट परिक्षार्थीमा मनिषा रावत, दिनेश सुनार, कुस्मा सेजुवाल, विमला सुनार, गिता थ्याईत र सिता सुनारलाई निष्काशित गरिएको हो । यता महतगाउँ परिक्षा केन्द्रबाट रेखा सुनारको सटमा परिक्षा दिएका

दिपेन्द्र सुनारलाई परिक्षाहलबाट निष्काशित गरिएको छ भने चन्दननाथ परिक्षा केन्द्रबाट निरिक्षक सुर्यस डवाडीलाई निष्काशित गरिएको बताइएको छ ।

परिक्षा अमर्यादित हुनुमा परिक्षा केन्द्रभित्र खटिएका कर्मचारीहरुलाबाटै अनियमितता भएको सरोकारवालाहरुको बुझाई छ । एस इइ परिक्षाको छौटौँ दिन बुधबार स्वास्थ्य जनसंख्यान तथा वाताबरण शिक्षाको विषयको परिक्षा जिल्लाका ५ परिक्षा केन्द्रबाहेक अरुसबै केन्द्रमा शान्त तथा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । सातौँ दिन चैत्र १० गते एच्छिक विषयको परिक्षा हुने भएको छ ।