१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्गमा प्रहरी र प्रसाशनको हाकिमकै अगाडी ५८ बर्षिय बृद्धमाथि आक्रमण

११ चैत्र २०७३, शुक्रबार ००:५१

कृष्ण कँडेल | चैत्र ११, बोहरागाउँ | निसीखोला गाउँपालिका बोहरागाउँका एक युवाले प्रहरी निरीक्षकको नेतृत्वमा झण्डै एक दर्जन सुरक्षाकर्मी र एकीकृत सेवा केन्द्रका प्रमुख सहभागी भएको एक सर्वाजनिक कार्यक्रमै ५८ बर्षिय ज्यष्ठ नागरिकलाई आक्रमण गरेका छन् । 

गाउँपालिकाको वडा नम्बर–३ का ३२ बर्षिय जुनबिक्रम शाहीले सोहि गाउँपालिका वडा नम्बर–२ काल्नेचौरका ५८ बर्षिय मनबहादुर घर्तीलाई गाउँपालिका उद्घाटन कार्यक्रममै आक्रमण गरि घाईते बनाएको प्रहरीले जनाएको छ । शाहीले मुक्काले हान्दा घर्तीको बायाँ आँखा माथिको भागमा गहिरो चोट लागेको छ । घर्तीको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो ।  

जुग्गाखोलामा निसीखोला गाउँपालिकाको कार्यालय सुभारम्भ गर्ने कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा प्रमुख अतिथि हुनुहुन्थ्या । कार्यक्रममा ईप्रका बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना, प्रहरी नायब निरीक्षक नारायण शर्मा र ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवार सहित झण्डै एक दर्जन प्रहरी थिए ।

गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएपछि लामो छलफल गरेर जुग्गाखोलामा राख्ने सहमती गरि कार्यालय उद्घाटन गरेर बुर्तिबाङ फर्कने क्रममा प्रहरीको गाडी झण्डै १ सय मिटर तल आईपुगेको अबस्थामा आक्रमण भएको प्रत्यक्षदर्शी माओवादी केन्द्र निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्माले जानकारी दिनुभयो । 

सामान्य कुराकानीको क्रममा शाहीले एक्कासी आग्रमण गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने शाहीलाई प्रहरीले पक्राउ गरि ईप्रका बुर्तिबाङमा ल्याएको छ । 

घटनाको बारेमा थप अनुसन्धान गरि शाहीलाई सार्बजनिक अपराध मुद्धा दर्ता गरिने ईप्रका बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताउनुभयो । 

राजनितिक दलका नेता, सयौँ स्थानियवासी तथा पत्रकार सहभागी  सार्बजनिक कार्यक्रमा आफ्नै अगाडी आक्रमण हुनु प्रहरीका लागि सुरक्षा चुनौती भएको रानाको भनाई छ । 

घटनापछि आफुलाई राजनितिक स्तरबाट चर्को दवाव आएको भन्दै अपराधिलाई कुनै हालतमा नछोड्ने प्रहरी प्रमुख रानाले बताउनुभएको छ । प्रहरीले आक्रमण गर्ने शाही राष्ट्रिय जनमोर्चा बोहरागाउँको नेता र पिडित घर्ती नेकपा माओवादी नेता रहेको बताएको छ । 

शाही गाउँपालिकाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने भन्दै निसी र बोहरागाउँका कतिपय राजनितिक दलले गरेको आन्दोलन कार्यक्रमको संयोजक रहेको स्थानिय नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन