४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी अस्पतालमा जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी

२० चैत्र २०७२, शनिबार १३:५४

चैत्र २०, बैतडी ।
जिल्ला अस्पताल बैतडीमा सरसफाई गर्ने एक महिलाले विरामीमाथि जातीय विभेद गरेको उजुरी परेको छ ।

जिल्ला अस्पताल बैतडीमा कार्यालय सहयोगीको रुपमा कार्यरत गंगा थापाले जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

पाँच दिन देखि जिल्ला अस्पताल बैतडीमा उपचार गराई रहेकी दशरथ चन्द नगरपालिका–१ बैतडीका ७६ वर्षीय कुन्तीदेवी वड गम्भीर विरामी परी अक्सिजन र सलाईन दिएर उपचार भैरहेका बेला बुहारी कृष्णा वडले शौचालय लैजाने क्रममा अस्पतालमा सरसफाई गर्ने महिला गंगा थापाले तिमीहरु दलित डुम हौ भन्दै गाली गलौज गरी जातीय विभेद गरेको पीडितले बताएका छन् ।

७६ वर्षिय विरामी कुन्तीदेवीका छोरा मानसिंह र बुहारी कृष्णा वड कुरुवा रहेका छन् ।

चार दिनदेखि आमालाई दिशा नभएकाले डाक्टरले दिशा खुल्ने औषधि दिएपछि उनलाई पिठ्युमा बोकेर शौचालय लैजान खोज्दा डुम भन्दै सरसफाई गर्ने महिलाले विभेद गरेको पिडीत मानसिंह वडले बताउनुभयो ।

तर कार्यालय सहयोगि गंगाले भने पुरुषको सौचालयमा महिला जाँदा नजाउमात्र भनेको तर आफुले कुनै जातिय विभेद नगरेको बताएकि छिन् । पटक पटक पुरुषको सौचालयमा नजाउ भन्दा भन्दै पनि नमानेकाले आफुले भनेको पनि नसुन्ने तपाँई कस्तो जातिको व्यक्ति हो भनेको तर त्यो भनाई संयोगमात्र भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ