३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि विभिन्न कार्यक्रमका साथ मनाईयो सहकारी दिवस

२० चैत्र २०७२, शनिबार १४:१३

IMG_1008नरी बडु/ चैत्र २०, बैतडी ।
आर्थीक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ ५९ औ राष्ट्रिय सहकारी दिवस आज बैतडीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मनाईने सहकारी दिवस आज बैतडीमा पनि मनाईएको हो ।

सहकारी डिभिजन कार्यालय बैतडी, बैतडी बचत तथा रिण सहकारी संघ र कृषि सहकारी संघको आयोजनामा बैतडीमा जिल्ला स्तरीय बक्तीत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

वक्तित्वकला प्रतियोगितामा वासुदेव उमावि बासुलिङ्गका छात्रा भाधवि भट्ट प्रथम, दशरथ चन्द उमावि सुन्दरखालीकी छात्रा द्वितिय, दानेश्वर उमावि रातामाटाका छात्र राजु भट्ट र मणीलेक उमावि गुरुखोलाकि छात्रा शान्ति भट्टले तृतिय स्थान हात पारेका छन् ।

कार्यक्रममा प्रथम, द्वितिय र तृतिय स्थान हाम हासिल गर्नेलाई प्रमाणपत्र सहित पुरुस्कृत गरीएको छ ।

अहिले जिल्लामा रहेका सहकारीहरुमा दक्ष जनशक्ति को सहभागिता हुन नसकेको र उत्पादनमुखि बस्तुहरुमा ध्यान पुग्न नसकेको डिभिजन सहकारी कार्यालय बैतडीका सहकारी अधिकृत वासुदेव भण्डारीको भनाई छ ।

सहकारीको महत्वपुर्ण पक्ष सो नियन्त्रण र सो नियमन जस्ता कुराहरुमा सहकारीहरुले विनियम, एन नियम र सहकारीले जारी गरेका मापदण्डहरु पालनमा कमी हरेको उहाँको भनाई रहेको छ ।

सहकारी दिवसकै अवसरमा आज स्थानिय राजनितिक दल, विभिन्न सहकारी संग आवद्ध सदस्य तथा पदाधिकारी एवम् विद्यार्थिहरुको उल्लेख्य उपस्थीतिमा साहिलेकबाड गडी बजारसम्म र्याली समेत निकालिएको थियो ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।

तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ