३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वराड संञ्जालद्वारा भव्य कार्यक्रम गरी मनाईयो सहकारी दिवस

२० चैत्र २०७२, शनिबार १४:२१

नरी बडु/ चैत्र २०, बैतडी ।
स्वराड क्षेत्रका १० वडा सहकारी संस्था तथा समुहरुको एक संजाल स्वराड सहकारी संञ्जालले भव्य कार्यक्रम गरी ५९ औँ सहकारी दिवस मनाएको छ ।

संंजालले दिवसको अवसरमा अन्तर सहकारी स्तरीय डेउडा प्रतियोगिता, दौड प्रतियोगिता, हाजिरीजवाफ लगायतका प्रतियोगिता गरी दिवस मनाएको हो ।

दिवसको अवसरमा संजालले हिजो सिंगल र रिले दौडको अयोजना गरेको थियो भने आज हाजिरी जवाफ र डेउडा प्रतियोगिता सम्पन्न गरेको छ ।

हिजो अयोजना गरेको सिंगल विवाहित महिला २ सय मिटरको दौड प्रतियोगितामा सहस्त्रलिङ्ग बचत तथा रिण सहकारी समुहका चन्द्रा भट्ट प्रथम, भुमिराज महिला बचत था रिण सहकारी संस्था सकारका जानकि चन्द द्वितिय र महादेव बचत तथा रिण सहकारी संस्था सिलंगाका तारा ऐर तृतिय भएका छन् ।

त्यस्तै महिला तर्फनै अयोजना गरीएको ४ गुण ४ सय मिटरको रिले दौडमा समुह ए बाट सहस्तलिङ्ग प्रथम र भुमिराज द्वितिय तथा समुह बि बाट माहादेव सहकारी संस्था प्रथम र लालीगुरास समुह द्वितिय भएका छन् ।

त्यस्तै दिवसकै अवसरमा अयोजना गरीएको हाँजिरीजवाफ प्रतियोगितामा बनारसी बचत तथा रिण सहकारी संस्था प्रथम, महादेव सामकोटा बचत तथा रिण सहकारी संस्था सिलङ्ग द्वितिय र सहस्त्रलिङ्ग सचत तथा रिण सहकारी समुह तृतिय भएको छ ।

यस्तै डेउडा प्रतियोगितामा सहभागि १३ वटा समुहहरुमध्ये सुनौलो बचत तथा रिण सहकारी संस्था प्रथम, कैलपाल बचत तथा रिण सहकारी समुह द्वितिय र सहस्त्रलिङ्ग सहकारी समुह तृतिय भएका छन् ।

डेउडा प्रतियोगितमा महिला पुरुष समान हो भन्ने सन्देश दिन प्रतियोगितहरुले संगै डेउडा खेलेको स्वराड संजालका अध्यक्ष केसब विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ