२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वराड संञ्जालद्वारा भव्य कार्यक्रम गरी मनाईयो सहकारी दिवस

२०७२, २० चैत्र शनिबार १४:२१

नरी बडु/ चैत्र २०, बैतडी ।
स्वराड क्षेत्रका १० वडा सहकारी संस्था तथा समुहरुको एक संजाल स्वराड सहकारी संञ्जालले भव्य कार्यक्रम गरी ५९ औँ सहकारी दिवस मनाएको छ ।

संंजालले दिवसको अवसरमा अन्तर सहकारी स्तरीय डेउडा प्रतियोगिता, दौड प्रतियोगिता, हाजिरीजवाफ लगायतका प्रतियोगिता गरी दिवस मनाएको हो ।

दिवसको अवसरमा संजालले हिजो सिंगल र रिले दौडको अयोजना गरेको थियो भने आज हाजिरी जवाफ र डेउडा प्रतियोगिता सम्पन्न गरेको छ ।

हिजो अयोजना गरेको सिंगल विवाहित महिला २ सय मिटरको दौड प्रतियोगितामा सहस्त्रलिङ्ग बचत तथा रिण सहकारी समुहका चन्द्रा भट्ट प्रथम, भुमिराज महिला बचत था रिण सहकारी संस्था सकारका जानकि चन्द द्वितिय र महादेव बचत तथा रिण सहकारी संस्था सिलंगाका तारा ऐर तृतिय भएका छन् ।

त्यस्तै महिला तर्फनै अयोजना गरीएको ४ गुण ४ सय मिटरको रिले दौडमा समुह ए बाट सहस्तलिङ्ग प्रथम र भुमिराज द्वितिय तथा समुह बि बाट माहादेव सहकारी संस्था प्रथम र लालीगुरास समुह द्वितिय भएका छन् ।

त्यस्तै दिवसकै अवसरमा अयोजना गरीएको हाँजिरीजवाफ प्रतियोगितामा बनारसी बचत तथा रिण सहकारी संस्था प्रथम, महादेव सामकोटा बचत तथा रिण सहकारी संस्था सिलङ्ग द्वितिय र सहस्त्रलिङ्ग सचत तथा रिण सहकारी समुह तृतिय भएको छ ।

यस्तै डेउडा प्रतियोगितामा सहभागि १३ वटा समुहहरुमध्ये सुनौलो बचत तथा रिण सहकारी संस्था प्रथम, कैलपाल बचत तथा रिण सहकारी समुह द्वितिय र सहस्त्रलिङ्ग सहकारी समुह तृतिय भएका छन् ।

डेउडा प्रतियोगितमा महिला पुरुष समान हो भन्ने सन्देश दिन प्रतियोगितहरुले संगै डेउडा खेलेको स्वराड संजालका अध्यक्ष केसब विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु