३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुरक्षाको चुनौती सामना गर्न समाजको साथ चाहिन्छ : आइजिपि

२१ चैत्र २०७२, आईतवार १२:०५

IMG_1074नरी बडु/ चैत्र २१ बैतडी ।
देश तथा नागरीकको सुरक्षाको चुनौती सामना गर्न समाजको साथ आवश्यक रहेको प्रहरी प्रमुख माहानीरीक्षक उपेन्द्रकान्त अर्यालले बताउनुभयो ।

जिल्लाको शान्ति सुरक्षा को निरिक्षण गर्ने क्रममा बैतडी पुग्नुभएका प्रहरी माहानिरीक्षक अर्यालले पत्रकारहरुसंग को अन्र्तक्रियामा यस्तो बताउनुभएको हो ।  कुनै पनि ठाँउमा विकास हुदै जाँदा सुरक्षाका चुनौतिहरुपनि बढ्ने र अपराधिक क्रियाकलापहरुमा बृद्धि हुने भएकाले उक्त चुनौती सामना गर्न प्रहरीलाई समाजको साथ आवश्यक रहेको उहाँको भनाई छ ।

प्रहरी प्रसासन र समाज मिलेर एउटा मजबुद सुरक्षा व्यवस्थापन गर्न सकिने भएकाले प्रहरी र नागरीक बिच सहकार्य हुन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो  ।

एक अर्को प्रसंगमा प्रमुख अर्यालले बैतडीको शान्ति सुरक्षाका लागि क्रियासील अधिकासं प्रहरी चौकिहरु भाडामा रहेकाले यस्को व्यवस्थापन तर्फ आफुले पहल गर्ने बताउनुभएको छ ।

स्वयम आफै असुरक्षीत भएको व्यक्तिले अर्काको सुरक्षा गर्न नसक्ने भएकाले आउदा दिनमा जोखिमयुक्त अवस्थामा रहेका प्रहरी भवहरु स्थानान्त्रण गरीने र भत्कन लागेका भवनहरु पुननिर्माण गरीने आईजिपि अर्यालले बताउनुभयो ।

बैतडीमा समस्याको रुपमा रहेको आत्माहत्याको लागि पनि सबैले जनचेतना फैलाउन आवश्यक रहेको उहाको भनाई छ । अहिले बैतडीमा आत्माहत्या र जाँडरक्सी सेवन बाहेक अन्य अप्रिय घटना भने भनएको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपि मोहन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही