२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुरक्षाको चुनौती सामना गर्न समाजको साथ चाहिन्छ : आइजिपि

२०७२, २१ चैत्र आईतवार १४:३९

IMG_1074नरी बडु/ चैत्र २१ बैतडी ।
देश तथा नागरीकको सुरक्षाको चुनौती सामना गर्न समाजको साथ आवश्यक रहेको प्रहरी प्रमुख माहानीरीक्षक उपेन्द्रकान्त अर्यालले बताउनुभयो ।

जिल्लाको शान्ति सुरक्षा को निरिक्षण गर्ने क्रममा बैतडी पुग्नुभएका प्रहरी माहानिरीक्षक अर्यालले पत्रकारहरुसंग को अन्र्तक्रियामा यस्तो बताउनुभएको हो ।  कुनै पनि ठाँउमा विकास हुदै जाँदा सुरक्षाका चुनौतिहरुपनि बढ्ने र अपराधिक क्रियाकलापहरुमा बृद्धि हुने भएकाले उक्त चुनौती सामना गर्न प्रहरीलाई समाजको साथ आवश्यक रहेको उहाँको भनाई छ ।

प्रहरी प्रसासन र समाज मिलेर एउटा मजबुद सुरक्षा व्यवस्थापन गर्न सकिने भएकाले प्रहरी र नागरीक बिच सहकार्य हुन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो  ।

एक अर्को प्रसंगमा प्रमुख अर्यालले बैतडीको शान्ति सुरक्षाका लागि क्रियासील अधिकासं प्रहरी चौकिहरु भाडामा रहेकाले यस्को व्यवस्थापन तर्फ आफुले पहल गर्ने बताउनुभएको छ ।

स्वयम आफै असुरक्षीत भएको व्यक्तिले अर्काको सुरक्षा गर्न नसक्ने भएकाले आउदा दिनमा जोखिमयुक्त अवस्थामा रहेका प्रहरी भवहरु स्थानान्त्रण गरीने र भत्कन लागेका भवनहरु पुननिर्माण गरीने आईजिपि अर्यालले बताउनुभयो ।

बैतडीमा समस्याको रुपमा रहेको आत्माहत्याको लागि पनि सबैले जनचेतना फैलाउन आवश्यक रहेको उहाको भनाई छ । अहिले बैतडीमा आत्माहत्या र जाँडरक्सी सेवन बाहेक अन्य अप्रिय घटना भने भनएको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपि मोहन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु