३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी प्लस र एचआईभि एड्स महासंघ बिच सम्झौता

२१ चैत्र २०७२, आईतवार १५:१४

बिन्दु चन्द/ चैत्र २१, बैतडी ।
समाजमा एच.आई.भि तथा एड्ससंग संवन्धित जोशिमहरु न्युनिकरण गर्न बैतडी प्लस र राष्ट्रिय एचआईभि एड्स महासंघ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एचआईभि संक्रमितहरुका लागि संक्रमितहरुले सञ्चालन गरेको समुदायमा आधारित हेरचाह केन्द्रको स्थापना र संञ्चालनका लागि नेपाल सरकार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त सम्झौता भएको हो ।

दुबै पक्षले आज जिल्लामा एचआईभिको जोखिम र मृत्यू कम गर्दै एचआईभि संक्रमीतहरुको जिवन गुणस्तरीय बनाउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मासिक कम्तीमा ३ जना नयाँ र ५ जना पुरानो गरी जम्मा ८ जना एचआईभि संक्रमितलाई आवासिय सेवा प्रदान गर्ने, मासिक ३ जना नयाँ र ५ जना पुरानो गरी जम्मा ८ जना एचआईभि संक्रमितलाई परामर्श सेवा प्रदान गर्ने तथा उपचारको लागि सेवाकेन्द्रमा प्रेषण गर्ने लगायतका बुधामा सम्झौता भएको छ ।

एचआईभि संक्रमितहरुको लागि लाञ्छना र भेदभावमुक्त वातावरण निर्माणका साथै संक्रमितहरुप्रति सेवा प्रवाहको प्रभावकारिता अभिबृद्धि गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बैतडी प्लसका अध्यक्ष पदमसिह मौनीले बताउनुभयो ।

साथै आजै एचआईभि संक्रमितहरुलाई स्वक्षमता विकास सम्बन्धि तालिम समेत दिईएको संस्थाका टिम लिडर टम्बर टमाटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ