२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

निःशुल्क स्वास्थ्य शिविरमा छ सय दुई लाभान्वित

२०७३, १२ चैत्र शनिबार १३:२७

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । बाँस्कोटा सेवा समाज काठमाडौँले आठराईको चुहानडाँडामा शनिबार आयोजना गरको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २ जनाले सेवा लिएका छन् । 

आठराई गाउँपालिका–६, चुहानडाँडामा भएको शिविरमा ३ सय ६० जना महिला र ४१ जना बालबालिकासहित जम्मा ६ सय २ जनाले लाभ लिएको स्थानीय कृष्ण बाँस्कोटाले जानकारी दिनुभयो । शिविरमा आएका विरामीमध्ये सबैभन्दा धेरै स्त्री तथा बाल रोग, आँखा, कान र पेट सम्बन्धी रोगबाट संक्रमितहरु भेटिएका संलग्न चिकित्सकहरुले बताएका छन् । 

शिविरमा चुहानडाँडाकी गोमादेवी बाँस्कोटा र इवाका राजेन्द्र बुढाथोकीको सामान्य शल्यक्रिया समेत भएको छ । 

शिविरमा बीएमसी हस्पीटल झापाका डा. बाँसुदेव बाँस्कोटा, दृष्टि आँखा अस्पतालका डा. विकास थापा र मनमोहन हस्पिटलकी डा. झरना श्रेष्ठसहितको १५ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । शिविर बाँस्कोटा समन्वय समिति आठराईको व्यवस्थापनमा भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश