नरी बडु/ चैत्र २२, बैतडी ।
पार्टी बलियो हुन १३ औँ माहाधिवेवनका बेलाको प्रतिसोध अन्त्य हुन जरुरी रहेको युवा नेता एवम नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति तेजबहादुर चन्दले बताउनुभएको छ ।
बैतडी जिल्ला गाँउ एकाईहरुका सभापतिको भेलाको पुर्व सन्ध्यामा पत्रकारहरु संग कुरा गर्दै चन्दले यस्तो बताउनुभएको हो । पार्टीलाई भित्र देखिएका प्रतिसोधका भावनाहरुलाई निर्मुल गर्दै संगठनलाई बलियो बनाउने उद्देश्यले सोमबार गाँए एकाईका सभापतिहरुको भेला गरीएको उहाँले बताउनुभयो ।
भेलामा बैतडी जिल्ला क्षेत्रनंम्बर १ का सभापति गौरीसंकर रावल र क्षेत्र नम्बर २ का सभापति तेजबहादुर चन्दले संयुक्त रुपमा तयार पारेको पार्टी सुदृढिकरण प्रस्ताव समेत प्रस्तुत गरीएको छ ।
“पार्टी बलीयो बनाउन गाँउ एकाईको महत्वपुर्ण भुमिका हुने भएकाले गाँउ एकाई कार्यसमितीका सभापतिको भेला आयोजना गरेका हौँ ” क्षेत्र नं. १ का सभापति गौरीसंकर रावलले भने ।
चन्दले पार्टीलाई आर्थिक रुपमा बलियो बनाउन गाँउ एकाई कमिटीका सम्पुर्ण सदस्यहरुले दैनिक रु २ तथा क्षेत्रिय प्रतिनिधिहरुले दैनिक रु ५ लेबी अर्थाल पार्टीको लागि संचित गर्ने, युवा नेतृत्वलाई क्रियासिल बनाउने, पार्टीभित्र देखिएको प्रतिसोधको भावनालाई मित्रतामा परिणत गर्ने, सबैलाई मिलाएर लैजाने लगायतका महत्वपुर्ण प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
बिचारमा सबल भएका तर आर्थिक रुपले कमजोर भएका व्यक्तिहरुको विचार कम्जोर हुन नदिन लेबि अर्था आर्थिक संचय गर्ने प्रस्ताव गरीएको उहाँको भनाई छ ।
पार्टीलाई बलियो बनाउन अहिले नेपाली काग्रेसका भातृ संगठनहरुलाई क्रियासील बनाउनुपर्नेमा समेत चन्दले जोड दिनुभएको छ । सबैभन्दा पहिले शैक्षिक स्तर बलियो बनाएर पार्टीमा क्रियासिल हुन चन्दले विद्यार्थि नेताहरुलाई आग्रह गरेका छन् ।
पार्टीभित्र बेचारिक बहसको क्षमता बढाउन, तार्किक रुपमा प्रस्ट विचार राख्न सक्ने सवल र सक्षम नेता बनाउन पार्टीको आन्तरिक पुस्तकालयको व्यवस्था मिलाउने प्रस्ताव समेत क्षेत्रिय सभापति द्वयको हस्ताक्षरीत प्रस्तावमा उल्लेख गरीएको छ ।