३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एचआइभि संक्रमितहरुको क्षमता विकास तालीम सम्पन्न

२२ चैत्र २०७२, सोमबार १४:४३

नरी बडु/चैत्र २२, बेतडी ।
एचआइभि संक्रमितहरुको स्व क्षमता विकासका लागि अयोजना गरीएको दुई दिने तालीम आज बैतडीमा सम्पन्न भएको छ ।

एचआईभि संक्रमितहरुलाई आफ्नो हेरचाहा आफै गर्न स्व क्षमता विकासका लागि हिजोदेखि उक्त तालिमको आयोजना गरीएको हो ।

एचआइभि संक्रमितहरुको क्षेत्रमा काम गरीरहेको संस्था बैतडी प्लस को अयोजना गरीएको उक्त तालिमको आर्थिक सहयोग जिल्ला विकास समिती बैतडीले गरेको थियो ।

उक्त तालिममा एचआईभि संक्रमतिहरुलाई रोगको बारेमा, अवसरबादी संक्रमण अर्थात मौका परेपछि संक्रमण हुने रोगहरुको र एआरटी लगायत विभिन्न विषयमा जानकारी गराईएको बैतडी प्लसका अध्यक्ष पदमसिह मौनिले बताउनुभयो ।

संक्रमित व्यक्तिहरुले लामो समय जिवन व्यथित गर्नलाई औषधिको नियमितताबारे समेत जानकारी गराएको बैतडी प्लसका टिम लिटर डम्बर टमाटाले बताउनुभयो ।

दुई दिने तालिमले संक्रिमितहरुलाई खुलेर आफ्ना पिडा व्यक्त गर्ने मौका मिलेको र आउदा दिनमा पनि यस्ता तलिमको आयोजना गरीए अझै प्रभावकारी हुने तालिममा सहभागि एक संक्रमीत डम्बरसिह खत्रिको भनाई छ ।

धेरैजसो संक्रमितहरुले कामको व्यस्तताका कारण औषधि नियमित नखाने भएकाले तालिमबाट औषधिको नियमितता बारे स्पष्ट भएको र आफ्नो हेरचाह र सरसफाईको बारेमा पनि थाहा पाईएको तालिममा सहभागि एक महिला निर्मला एरको भनाई छ ।

तालिममा जिल्ला तथा जिल्ला बाहिरका २६ जना एचआइभि संक्रमितहरु सहभागि रहेका थिए । तालिममा सहभागिहरुलाई जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जयदेव जोशिले एचआईभिका बारेमा वितृत रुपमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ