२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एचआइभि संक्रमितहरुको क्षमता विकास तालीम सम्पन्न

२०७२, २२ चैत्र सोमबार १४:४३

नरी बडु/चैत्र २२, बेतडी ।
एचआइभि संक्रमितहरुको स्व क्षमता विकासका लागि अयोजना गरीएको दुई दिने तालीम आज बैतडीमा सम्पन्न भएको छ ।

एचआईभि संक्रमितहरुलाई आफ्नो हेरचाहा आफै गर्न स्व क्षमता विकासका लागि हिजोदेखि उक्त तालिमको आयोजना गरीएको हो ।

एचआइभि संक्रमितहरुको क्षेत्रमा काम गरीरहेको संस्था बैतडी प्लस को अयोजना गरीएको उक्त तालिमको आर्थिक सहयोग जिल्ला विकास समिती बैतडीले गरेको थियो ।

उक्त तालिममा एचआईभि संक्रमतिहरुलाई रोगको बारेमा, अवसरबादी संक्रमण अर्थात मौका परेपछि संक्रमण हुने रोगहरुको र एआरटी लगायत विभिन्न विषयमा जानकारी गराईएको बैतडी प्लसका अध्यक्ष पदमसिह मौनिले बताउनुभयो ।

संक्रमित व्यक्तिहरुले लामो समय जिवन व्यथित गर्नलाई औषधिको नियमितताबारे समेत जानकारी गराएको बैतडी प्लसका टिम लिटर डम्बर टमाटाले बताउनुभयो ।

दुई दिने तालिमले संक्रिमितहरुलाई खुलेर आफ्ना पिडा व्यक्त गर्ने मौका मिलेको र आउदा दिनमा पनि यस्ता तलिमको आयोजना गरीए अझै प्रभावकारी हुने तालिममा सहभागि एक संक्रमीत डम्बरसिह खत्रिको भनाई छ ।

धेरैजसो संक्रमितहरुले कामको व्यस्तताका कारण औषधि नियमित नखाने भएकाले तालिमबाट औषधिको नियमितता बारे स्पष्ट भएको र आफ्नो हेरचाह र सरसफाईको बारेमा पनि थाहा पाईएको तालिममा सहभागि एक महिला निर्मला एरको भनाई छ ।

तालिममा जिल्ला तथा जिल्ला बाहिरका २६ जना एचआइभि संक्रमितहरु सहभागि रहेका थिए । तालिममा सहभागिहरुलाई जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जयदेव जोशिले एचआईभिका बारेमा वितृत रुपमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु