२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माहाधिवेसनका बेलाको प्रतिसोध अन्त्य हुनुपर्छ : सभापती चन्द

२३ चैत्र २०७२, मंगलवार ००:५०

184490_460102724049861_1380684417_nनरी बडु/ चैत्र २२, बैतडी ।
पार्टी बलियो हुन १३ औँ माहाधिवेवनका बेलाको प्रतिसोध अन्त्य हुन जरुरी रहेको युवा नेता एवम नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति तेजबहादुर चन्दले बताउनुभएको छ ।

बैतडी जिल्ला गाँउ एकाईहरुका सभापतिको भेलाको पुर्व सन्ध्यामा पत्रकारहरु संग कुरा गर्दै चन्दले यस्तो बताउनुभएको हो । पार्टीलाई भित्र देखिएका प्रतिसोधका भावनाहरुलाई निर्मुल गर्दै संगठनलाई बलियो बनाउने उद्देश्यले सोमबार गाँए एकाईका सभापतिहरुको भेला गरीएको उहाँले बताउनुभयो ।

भेलामा बैतडी जिल्ला क्षेत्रनंम्बर १ का सभापति गौरीसंकर रावल र क्षेत्र नम्बर २ का सभापति तेजबहादुर चन्दले संयुक्त रुपमा तयार पारेको पार्टी सुदृढिकरण प्रस्ताव समेत प्रस्तुत गरीएको छ ।

“पार्टी बलीयो बनाउन गाँउ एकाईको महत्वपुर्ण भुमिका हुने भएकाले गाँउ एकाई कार्यसमितीका सभापतिको भेला आयोजना गरेका हौँ ”  क्षेत्र नं. १ का सभापति गौरीसंकर रावलले भने ।

चन्दले पार्टीलाई आर्थिक रुपमा बलियो बनाउन गाँउ एकाई कमिटीका सम्पुर्ण सदस्यहरुले दैनिक रु २ तथा क्षेत्रिय प्रतिनिधिहरुले दैनिक रु ५ लेबी अर्थाल पार्टीको लागि संचित गर्ने, युवा नेतृत्वलाई क्रियासिल बनाउने, पार्टीभित्र देखिएको प्रतिसोधको भावनालाई मित्रतामा परिणत गर्ने, सबैलाई मिलाएर लैजाने लगायतका महत्वपुर्ण प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

बिचारमा सबल भएका तर आर्थिक रुपले कमजोर भएका व्यक्तिहरुको विचार कम्जोर हुन नदिन लेबि अर्था आर्थिक संचय गर्ने प्रस्ताव गरीएको उहाँको भनाई छ ।

पार्टीलाई बलियो बनाउन अहिले नेपाली काग्रेसका भातृ संगठनहरुलाई क्रियासील बनाउनुपर्नेमा समेत चन्दले जोड दिनुभएको छ । सबैभन्दा पहिले शैक्षिक स्तर बलियो बनाएर पार्टीमा क्रियासिल हुन चन्दले विद्यार्थि नेताहरुलाई आग्रह गरेका छन् ।

पार्टीभित्र बेचारिक बहसको क्षमता बढाउन, तार्किक रुपमा प्रस्ट विचार राख्न सक्ने सवल र सक्षम नेता बनाउन पार्टीको आन्तरिक पुस्तकालयको व्यवस्था मिलाउने प्रस्ताव समेत क्षेत्रिय सभापति द्वयको हस्ताक्षरीत प्रस्तावमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता