४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आगलागिका घटना न्यूनीकरणका लागि बैतडीमा प्रहरी सचेतना गराउदै

१६ बैशाख २०७३, बिहीबार १४:०१

बैशाख १६, बैतडी । आगलागिका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले सचेतना मूलक कार्यक्रम संचालनमा ल्याएको छ । आगलागिका कारण धेरै धनजनको क्षति हुनेभएकाले यसको न्यूनीकरणका लागि अभियान संचालन गरिएको हो । प्रहरी नायव निरीक्षक खेमराज पन्तको नेतृत्वमा रहेको टोलीले जिल्लाका विभिन्न स्थानमा माइकिङ गरिरहेको छ ।

यसका साथै प्रहरीका सबै इकाइहरुले सचेतनामूलक कार्यक्रम संचालन गरीरहेको प्रहरी नायव निरीक्षक पन्तले बताउनुभएको छ । स्थानीयहरुले निजी वनमा आगो लगाउने र पछि त्यो आगो नियन्त्रण नहुँदा वन क्षेत्रमा पस्ने गरेको उहाँको भनाई छ । आगो नियन्त्रण बाहिर गएपछि मात्रै प्रहरीलाई खबर हुने भएकाले आगलागिका घटना बढेको प्रहरीको भनाई छ ।

प्रहरीले थालेको सचेतनामूलक अभियान सहयोग गरी आगलागि न्यूनीकरणमा लाग्न प्रहरीले सबैमा आग्रह गरेको छ । वन ऐन २०४९ अनुसार वनमा आगो लगाउनु अपराध भएकाले कसैले जानीजानी वनमा आगो लगाएमा कानुनी कारवाही गरिने प्रहरी नायव निरीक्षक पन्तले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण