२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सबै ठाउँमा खानेपानीको हाहाकार

२०७३, १६ बैशाख बिहीबार १४:०३

बैशाख १६, बैतडी । लगातारको खडेरीले पानीका मूहान सुक्दै जाँदा बैतडीका सबै ठाउँमा खानेपानीको हाहाकार भएको छ । खडेरीका कारण अहिले सम्म नसुकेका मुहानहरु पनि सुकेका स्थानीय बासिन्दाहरुले बताएका छन् । पानीको अभावका कारण सदरमुकाम काकाकुल बनेको छ । सदरमुकाममा पानीको अभावमा होटेल व्यवसायीहरुले होटेल संचालन गर्न निकै अप्ठ्यारो भएको बताएका छन् ।

होटेलमा पानीको अभावमा खान समेत पाउन छोडेको छ । यस्तै गाउँगाउँमा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दाहरु टाढाटाढाबाट ल्याएर खोलाको पानी पिउन बाध्य भएका छन् । खोलाको पनि दुषित हुँदा विभिन्न खालका रोगहरुको संक्रमण समेत फैलिने डर उत्तिकै रहेको छ ।

गर्मीको मौसम भएकाले यो बेला खानपीनमा ध्यान दिन सकिएन भने विभिन्न खालका स्वास्थ्य समस्या देखिने स्वास्थकर्मीहरुले बताएका छन् । तर पानीको हाहाकार भएको बेला आफूहरु दुषित पानी पिउन बाध्य भएको स्थानीय बासिन्दाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ