११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लाका सरोकारवालाहरुद्धारा विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने प्रतिबद्धता

१४ चैत्र २०७३, सोमबार १६:३६

लोकेन्द्र प्रशाद जोशी | चैत्र १४, दार्चुला | दार्चुला जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख एवं सरोकारवाला निकायहरुले विद्यालयलाई शान्ति क्षेत्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । महिला तथा बालबालिका कार्यालय दार्चुलाले आयोजना गरेको जिल्ला वाल भेलाका सहभागिहरुले सो प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहको निर्वाचन बैशाख ३१ गते घोषणा भएपछि राजनीतिक दलहरुले विद्यालय प्रयोग गर्न सक्ने भन्दै राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको हो । 

विद्यालयमा हुने क्रियाकलापले विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित हुने भन्दै बालबालिकाले राखेको प्रस्तावमा प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला देखि जिल्लास्थित राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकायहरुले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । यस्तै कुनै पनि राजनीतिक क्रियाकलापहरुमा बालबालिकाको प्रयोग नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे । यसैगरी बालश्रम, बालविवाह, बालदुव्र्यवहार, बालबालिका बेचबिखन, ओसार पसार, बालशोषण अन्त्य गर्न सघाउ पुर्उयाउने समेत प्रतिबद्धता गरेको महिला विकास अधिकृत विष्णुमाया पौडेलले बताउनुभयो । 

विद्यालयलाई वालमैत्री वातावरण स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।अधिकांश राजनीतिक क्रियाकलाप विद्यालयमा केन्द्रीत हुने गरेको भन्दै विद्यालयलाई शान्ति क्षेत्र कायम गर्नमा भूमिका खेल्न आग्रह गरिएको पौडेलले बताउनुभयो । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले विद्यालयमा हुने राजनीतिक क्रियाकलापहरुलाई पूर्ण रुपमा अन्त्य गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । अहिले पढ्ने बालबालिकालाई शान्ति पूर्ण रुपमा पढ्न पाउने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो ।

दार्चुलाका कुल १ सय १० मतदान केन्द्र मध्ये एक सय ७ वटा मतदान केन्द्र विद्यालयमा तोकिएको छ । विद्यालय लक्षित यस्ता कार्यक्रमले विद्यार्थीको पढ्ने वातावरण विग्रने प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री