२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लाका सरोकारवालाहरुद्धारा विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने प्रतिबद्धता

२०७३, १४ चैत्र सोमबार १६:३६

लोकेन्द्र प्रशाद जोशी | चैत्र १४, दार्चुला | दार्चुला जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख एवं सरोकारवाला निकायहरुले विद्यालयलाई शान्ति क्षेत्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । महिला तथा बालबालिका कार्यालय दार्चुलाले आयोजना गरेको जिल्ला वाल भेलाका सहभागिहरुले सो प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहको निर्वाचन बैशाख ३१ गते घोषणा भएपछि राजनीतिक दलहरुले विद्यालय प्रयोग गर्न सक्ने भन्दै राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको हो । 

विद्यालयमा हुने क्रियाकलापले विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित हुने भन्दै बालबालिकाले राखेको प्रस्तावमा प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला देखि जिल्लास्थित राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकायहरुले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । यस्तै कुनै पनि राजनीतिक क्रियाकलापहरुमा बालबालिकाको प्रयोग नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे । यसैगरी बालश्रम, बालविवाह, बालदुव्र्यवहार, बालबालिका बेचबिखन, ओसार पसार, बालशोषण अन्त्य गर्न सघाउ पुर्उयाउने समेत प्रतिबद्धता गरेको महिला विकास अधिकृत विष्णुमाया पौडेलले बताउनुभयो । 

विद्यालयलाई वालमैत्री वातावरण स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।अधिकांश राजनीतिक क्रियाकलाप विद्यालयमा केन्द्रीत हुने गरेको भन्दै विद्यालयलाई शान्ति क्षेत्र कायम गर्नमा भूमिका खेल्न आग्रह गरिएको पौडेलले बताउनुभयो । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले विद्यालयमा हुने राजनीतिक क्रियाकलापहरुलाई पूर्ण रुपमा अन्त्य गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । अहिले पढ्ने बालबालिकालाई शान्ति पूर्ण रुपमा पढ्न पाउने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो ।

दार्चुलाका कुल १ सय १० मतदान केन्द्र मध्ये एक सय ७ वटा मतदान केन्द्र विद्यालयमा तोकिएको छ । विद्यालय लक्षित यस्ता कार्यक्रमले विद्यार्थीको पढ्ने वातावरण विग्रने प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा