पढ्न करिब 1 मिनेट लाग्छ

कविता उपाध्याय/चैत १५, रोल्पा । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ कसलाका २५ वर्षिय विनोद रोकामगर रहेको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक मर्मत गर्ने क्रममा गिट्टी बोक्ने रा.१.त. ३१८२ नं.को ट्रेकटरको ट्राली र इन्जनको लक भाच्चिदा एक्कासी ट्रेकटर दुर्घटना भएको थियो ।

यसरी दुर्घटनामा परेका चालकलाई ट्रेकटरको ट्रालीले चापेपछि घटना स्थलमै मृत्यु भएको थियो । हाल मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा पु¥याइएको प्रनाउ घर्तीमगरले जानकारी दिनुभयो ।