२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

२०७३, १६ चैत्र बुधबार ०२:२६

चैत १६, बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । 

सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी, भारत नामको पर्चा छरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । 

गुड भिजन पार्टी, भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पद्मबहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ । 

घटनाका बिषयमा अनुसन्धान सुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य सुरु भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालय भवनमा आगजनी हुँदा विद्यार्थीलाई भने पठनपाठनको समस्या भएको छ । 

यसबारे बुझ्न पुरघाट प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन