२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा जीप पल्टियो, एक जना गम्भीर घाइते

२०७३, १९ चैत्र शनिबार १३:२२

चैत १९, दार्चुला । दार्चुलाको शैल्य शिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर गाजरीमा जीप पल्टीदा एक जना गम्भीर घाइते भएका छन् । 

दार्चुलाको दोस्रो ठुलो बजार गोकुलेश्वरबाट गन्ना गइरहेको म १ ज १२८ नम्बरको जीप पल्टीदा जीपमा सवार मार्मा गाउँपालिका ६ का अरीता कोट्टारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

जीपमा ९ जना सवार रहेकामा ७ जनालाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज बोधराज ओझाले जानकारी दिनुभयो । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कोट्टारीले रिफर गर्ने तयारी भएको गोकुलेश्वर अस्पतालका डा नविनचन्द्र भट्टले बताउनुभयो ।

चालकको लार्पावाहीले जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक तेजसिह धामी फरार भएका छन् । जीप सडकमै पल्टीएको हो । गोकुलेश्वर गन्ना सडक खण्डमा अहिले ग्राभीलको काम भइरहेको छ । ग्राभील भइरहेको सडकमा जीप चालकले लार्पावाही ढंगले जीप चलाएको देखिएको ओझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से