पढ्न करिब 1 मिनेट लाग्छ

चैत २०, डोटी । डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा भिषण आगलागी भएको छ ।

व्यस्त बजारमा रहेको पम्पमा आगो लागेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् ।

२ वटा मोटरसाइकल पनि जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पडि्करहेकाले आगो अझै नियन्त्रणमा अएको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरिरहेको बताईएको छ ।

आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन । पेट्रोल अनलोड गर्ने क्रममा टयाँकरमा आगो सल्किएको अनुमान गरिएपनि बास्तविक कारण भने खुल्न सकेको छैन ।