२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोक्सी धपाउने भन्दै आगो खेलाउँदा झाँक्री नै जलेपछि…

२२ चैत्र २०७३, मंगलवार ०७:०७


चैत २२, सोलुखुम्बु । बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर उनी गम्भीर घाइते भएका छन् । 

सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए । 

अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिनुभयो । अनुहार पूरै जलेका नेपालीको स्वास्थ्यमा सुधार भइरहेको पनि प्रमुख केसीले बताउनुभयो । 

ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेका छन् भने झाँक्री पनि समस्यामा पर्ने गरेका छन् । 

केही वर्षअघि पनि जिल्लाको जुवु गाविसमा एक बिरामीलाई उपचार गर्ने क्रममा धामीलाई बिरामीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ