चैत २२, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें । 

अहिले उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें । 

अहिले उन"/>

2026-08-31 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’


चैत २२, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें । 

अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन् । “अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’ – बोटले भने । उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगानुभएको छ । करिब रु ६० हजार लगानीमा निर्माण गरिएको गोबरग्यास प्लान्टका लागि उनको आफ्नो खर्च अत्यन्त न्यून भएको छ । 

सरकार, लिभिङ विथ टाइगर परियोजना र स्थानीय उपभोक्ता समितिले आर्थिक अनुदान उपलब्ध गराउँदा थोरै खर्चमा उनले गोबरग्यास प्लान्ट लगाउन सफल भए । बायोग्यास बाल्न थालेको तीन महिना भो, यो बीचमा उनलाई जङ्गल पस्नुपरेको छैन । जङ्गल जाँदा हुने वन्यजन्तुको डरसमेत हट्यो । 

“घर खर्चका लागि महिनामै कति भारी दाउरा लाग्थ्यो, बाघको डरपनि उस्तै, अहिले ढुक्क छ”, गोबरग्यासमा खाना पकाउँदै गरेकी श्रीमायाले भनिन् – “एक हल गोरुको गोबरले आफ्नो परिवार र खेतालालाई खुवाउँदासमेत बढी हुन्छ” – प्लान्टमा शौचालय पनि मिसाइएको छ । 

यी त केहि उदाहरणमात्रै हुन् । माडीका अयोध्यापुरीस्थित उक्त गाउँमा अहिले छवटा यस्ता बायो ग्यास प्लान्ट बनिसकेका छन् । बीस वटा सुधारिएका खोर तयार भएका छन् । लिभिङ विथ टाइगर (बाघसँगै बाँचौँ) परियोजनाले उनीहरुलाई खोरका लागि रु आठ हजार र बायो ग्यासका लागि रु १० हजार सहयोग गरेका छन् । 

सरकारी र स्थानीय मध्यवर्ती क्षेत्रको समेत सहयोग र सहकार्यमा कार्यक्रम चलाइएको परियोजनाका व्यवस्थापक तीलक चौधरीले बताउनुभयो । दक्षिण माडी, चितवन निकुञ्जले घेरिएको उपत्यका हो । जिल्ला सदरमुकामबाट ५० किलोमिटर टाढा निकुञ्ज पारी यो बस्ती पर्छ । दैनिकजसो यहाँ वन्यजन्तुले आक्रमण गर्ने भएकाले ती पीडित स्थानीयवासीलाई समेटेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सुरु भएको हो । 

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल यस्ताखाले कार्यक्रमले द्वन्द्व कम गर्न सहयोग पुग्ने बताउनुहुन्छ । बेलायतको चेष्टर जू र डार्विन ईनिसिएटिभको सहयोगमा वातावरणिय सुशासन कार्य समुहद्धारा सञ्चालित उक्त परियोजना नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालन गरिएको कार्यसमुहका प्रमुख किरण तिमिल्सिनाले बताउनुभयो । 

तीन बर्र्षे उक्त कार्यक्रमले बाघसँगको सहअस्तित्व कायम गर्दै द्वन्द्व न्युनिकरण र स्थानियको जिविकोपार्जनमा टेवा पुर्याउने लक्ष्य लिएको परियोजना अधिकृत प्रकाश चापागाईं बताउनुहुन्छ । यसले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने लक्ष्यलाई पुरा गर्नसमेत सहयोगी भूमिका खेल्ने बताईएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने