2026-09-18 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग

2026-08-29

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् ।

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उनले बताए। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरे। सडक र पुल तत्काल सञ्चालनमा ल्याएर रसुवा, नुवाकोट र धादिङका अवरुद्ध मार्ग सफा गरी आवागमन सञ्चालन गर्न, क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलीब्रिज जडान गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेले माग राखे । विद्युत् र सञ्चार सेवा सञ्चालन गर्न, उद्धार, राहत र सञ्चारलाई सहज बनाइनुपर्ने उनको जोड छ ।

सम्पर्कविहीनको खोजी र शव व्यवस्थापन तीव्र पार्न, बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीनको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरिनुपर्ने नेता आङ्देम्बेले सरकारसँग आग्रह गरे । उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गर्न, सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौँसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्नुपर्ने उनको माग छ । घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन, नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराइनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न, उद्धार तथा राहतमा स्थानीय सरकारसँग सङ्घीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउन तथा राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक सङ्घसंस्थालाई समेत सहजीकरण गरिनुपर्ने उनले बताए। त्रिशूलीसहित नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको ध्यानाकर्षण गराएका छन् । पद्को कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन माग गर्दै यसमा सहकार्य र समन्वय गर्न नेपाली कांग्रेस तयार रहेको नेता आङ्देम्बेले जनाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई