2026-09-18 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता

2026-08-29

काठमाडौँ | त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन् ।

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन् । बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा कायम गरिएको हो । बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन् ।

विदुर नगरपालिकाका वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र मुख्य प्रभावित क्षेत्रका रूपमा रहेका छन् । बाढीले जिल्लाका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई