2026-10-19 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान

2026-08-28

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली र नारायणी नदीमा ल्याएका शवमध्ये दुई जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएपछि आफन्तले तस्बिरका आधारमा दुई शवको सनाखत गरेका हुन् ।

पहिचान हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरी र रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका–४ नेवारपानीका ४३ वर्षीय रामकाजी पौडेल रहेका छन् । कबिरलालको शव उनका दाजु सुग्रिन थारूले तथा रामकाजीको शव उनका दाजु सुवास पौडेलले पहिचान गरेका हुन् । प्रहरीका अनुसार बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म १८६ वटा शव फेला परिसकेका छन् । पहिचान सहज बनाउन भेटिएका शवलाई सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

प्रहरीले चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्ड राखेर पहिचान हुन बाँकी शवका तस्बिर सार्वजनिक गरेको छ । हालसम्म २२ वटा शव केन्द्रमा लगिएको र ४० भन्दा बढी शवका तस्बिर डिस्प्ले बोर्डमा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । अन्य शवको भरतपुर अस्पतालमा सफाइ तथा तस्बिर खिच्ने काम भइरहेको छ ।

डिस्प्ले बोर्डमा राखिएका तस्बिर हेरेर आफन्तले आफ्ना परिवारका सदस्यको शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । साथै, खिचिएका तस्बिर नेपाल प्रहरीको पोर्टलमा राख्नुका साथै सम्बन्धित आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा समेत पठाइनेछ । शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्र तथा आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरीले जनाएको छ । शवको पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ