2026-09-18 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ

2026-08-28

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार र तत्काल राहत व्यवस्थापन हुनुपर्ने बताएका छन् । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष घिसिङले रसुवा आफ्नो पौरख र जीवनको महत्त्वपूर्ण समय जोडिएको क्षेत्र भएको स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

अध्यक्ष घिसिङले भने, ‘संरचना फेरि बनाउन सकिन्छ, तर गुमेका जीवन फर्काउन सकिँदैन। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ— मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउने । त्यसपछि प्रभावित परिवारलाई पुनः आफ्नो जीवनमा फर्काउन पुनःस्थापनाको काम अघि बढाउनुपर्दछ ।’

विपद्को सामना सरकार एक्लैको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको साझा जिम्मेवारी हो । सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने बेला हो । संसारभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक आग्रह गर्दछु। हाम्रो सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ ।’

यसैगरी अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त बनेका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सडक पूर्वाधारको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । त्यसका लागि आवश्यक बौद्धिक तथा भौतिक सहयोग गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई