२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात्तीको आक्रमणबाट एकको मृत्यु, ६ जना घाइते

२२ चैत्र २०७३, मंगलवार १०:३१

चैत २२, राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगरमा आज एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । 

कोसी टप्पु वन्यजन्तु आरक्षवाट एक्कासी एउटा जङ्गली हात्ती हनुमानगर बजार पसेर आक्रमण गरेपछि हनुमानगर–३ का ३० वर्षीय रोशनकुमार झाको मृत्यु भएको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिनुुभयो । 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका झालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । आक्रमणबाट अन्य छजना स्थानीय बासिन्दा घाइते भएका छन् । 

हनुमाननगर–२ का सञ्जीव साह, हनुमाननगर–३ का सञ्जाय साफी र कालीचरण साह हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान लगिएको छ । 

केही दिनदेखि सप्तरीको पूर्वीभेगको भारदह, कञ्चपुर, पोर्ताहा, हनुमाननगर, जोगिनिया, बेरवा, बरमझिया, कमलपुर, फत्तेपुरलगायत ठाउँमा दिनहुँ हात्तीले आतङ्क मच्चाउँदै आएको स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ