२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

ईलाका प्रशासनमा प्रमुख नहुदाँ सेवाग्राहीलाई सास्ती

२०७३, २२ चैत्र मंगलवार १२:२८

अमृत बास्तोला/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा कार्यालय प्रमुख नहुदाँ ठप्प भएको छ । 

कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि नै  इलाका प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो । जसका कारण कार्यालयबाट प्रबाह हुने प्रशासनिक दुई हप्ता देखि ठप्प भएको छ ।

प्रशासन कार्यालय नहुदा २ गाउँपालिकाका सर्बसाधारण मारमा परेका छन् । कार्यालयमा प्रमुख नहुदाँ २ ओटा गाउँपालिकाका सर्वसाधारण प्रशासनिक कामका लागी ६८ किलोमिटर कच्चि सडकको यात्रा गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ धाउन बाध्य बनेका छन् । 

तेह्रथुमको आठाराई गाउँपालिका साविक संक्रान्तिबजार, खाम्लालुङ, ह्वाकु, ईवा, छातेढुङगा, चुहानडाँडा र थोक्लुङ गाविस र फेदाप गाउँपालिकाका साविक सम्दु र ईसिबु गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनीक सेवा दिन संक्रान्तिबजारमा प्रशासन कार्यालयको स्थापना भएको थियो ।

जिल्लाको पूर्वी भेगका जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले गत जेठ ३ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा ईलाका प्रशासन कार्यालको स्थापना गरिएको भएपनि, स्थापना भएको ९ महिना नबित्दै कर्मचारी अभावमा सेवा बन्द हुदाँ सर्बसाधारणलाई पुरानै सास्ती दोहोरीएको छ ।

गाउँपालिकाका विभन्न वडाहरुबाट सेवाग्राही कार्यालयमा आएपनि कार्यालयमा प्रमुख नभएपछि सेवाग्राहीलाई प्रशासनिक सेवा उपलब्ध गराउन नसकिएको ईलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख धननारण श्रेष्ठले जानकारी दिनु भयो । सेवाग्राहीको तत्कालै काम गर्नु पर्ने भएमा सदरमुकाम पठाउने गरेको र धेरै सेवाग्राहीलाई फर्काउने गरिएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो । 

कार्यलयमा कर्मचारी नहुदाँ सर्बसाधारणले सदरमुकाम धाउनु पर्ने बाध्यता रहे पनि स्थानिय निर्वाचन अगाडी कार्यालय प्रमुख आउने सम्भावना कम भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ  । इलाकामा प्रमुख नभएको समन्धित मन्त्रालयमा जनाकारी भएको छ, मन्त्रलयलाई निर्वाचन आंचरसहिताले नयाँ कर्मचारी सरुवा गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी तामाङले उल्लेख गर्नु भयो ।  

इलाका प्रशासन कार्यालय आएपछि सजिलै संग सेवा पाउन सकिने आशा लिएका आठराई सहित फेदाप बासीलाई प्रशानिक सेवा उपलब्ध नभए पछि “हात्ती आयो हात्ती आयो फुस्सा” भन्ने उखान जस्तै भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने