चैत २३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिनाथको मूर्ति मन्दिरमा प्रतिस्थापन

२३ चैत्र २०७३, बुधबार ०५:४७

चैत २३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन खटजात्रा गरी मूर्तिलाई स्थानीय टोलमा दर्शन गराइने र रामनवमीका दिन मन्दिरमा यथास्थानमा विधिविधानपूर्वक राखी जीवविन्यास गर्ने चलन छ । 

सो मूर्तिलाई प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरबाट विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराउने परम्परा रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । 

मूर्तिमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्वित भएको विश्वास गरिएको छ । प्राचीन समयमा नख्खु दोभानमा भेटिएको सो मूर्तिलाई स्थानीयवासीले देखेर चोभार डाँडामा प्रतिस्थापन गरेको जनविश्वास छ । 

यसरी वर्षमा एकपटक धार्मिक विधिअनुसार मूर्तिलाई स्नान, सिङ्गार, मर्मत तथा खटजात्रा गराएपछि भक्तजनलाई प्रसाद वितरणको कार्य गरिन्छ । स्थानीय देवदेवीलाई निमन्त्रणा गरी आदिनाथ जात्रा सञ्चालनका लागि अनुमति माग्ने गरिन्छ । 

त्यसैगरी, हरेक वर्ष आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक सो मन्दिरमा मेला लाग्ने गर्छ । करुणाका प्रतीक मानिने आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । यसरी मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गरेपछि जात्रा समापन भएको मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ