२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचेत हुनुहोस् ! गर्मी महिनामा धेरै आगालागी हुनसक्छ

२०७३, २३ चैत्र बुधबार ०६:३८

चैत २३, काठमाडौँ । कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । 

वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् । 

गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यसवर्ष धेरै वर्षा भएका कारणले गत वर्षको तुलनामा वनमा कम मात्रामा आगालागी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनचेतना र प्रचारप्रसारको कमि हुँदा वनमा धेरै आगलागी हुने गरेको पाईन्छ । यसको नियन्त्रणका लागि विभाग सक्रियताका साथ लागेको छ ।” 

आफ्नो जग्गामा रहेको पातपतिङ्गर पोलेर आगो ननिभाइ नहिँड्न समेत उपसचिव काफ्लले सबैलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुख्खा भई धेरै आगलागी हुने गरेको विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा भन्दा चालु आर्थिक वर्षमा थोरै आगलागी भएको छ । आव २०६९/७०, २०७०/०७१ र २०७१/०७२ को तुलनामा चालु आर्थिक वर्षमा कम आगलागी भएको हो । 

देशभर १९ हजारको हाराहारीमा सामुदायिक वन रहेकामध्ये अधिकाशं जङ्गलमा चैत वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीका कारण बसिनौँ हजारौँ वन्यजन्तु मर्ने गरेका छन् । 

वनमा हुने आगलागी कम होस् भन्ने उद्देश्यका साथ वन विभागले आफ्नो कार्य क्षेत्रअन्तर्गतका जिल्ला वन कार्यालयमार्फत यही चैत १ गतेदेखि ७ गतेसम्म ‘डडेलो नियन्त्रण सप्ताह’ कार्यक्रम सञ्चालन गरेको थियो । 

वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । वनमा लागेको आगालागीलाई नियन्त्रण लिनका लागि विभागले चुरेका ३६ जिल्लामा दुई सय पोखरी समेत निर्माण गर्न लागेको छ 

विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले वन दशक कार्यक्रमले आगालागी नियन्त्रणमा कमी ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगो र गाईवस्तुको चरिचरणबाट वन क्षेत्रलाई जोगाउन सके वन वृक्षरोपण कम गरेपनि हुन्छ ।” वन दशकले वन क्षेत्रमा हुने आगलागी नियन्त्रणलाई पनि प्राथमिकतामा राखेकोे छ । 

वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउन वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ५० को ‘ख’ मा वनमा आगलागी वा कसूर गर्नेलाई विगो असुल गरी रु दश हजारसम्म जरिवना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । 

तराई भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउनलाई कठिन हुने गरेको विभागले बताएको छ । 

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई सार्थकता दिन वन क्षेत्रमा हुने आगलागीलाई नियन्त्रण गर्नु नै मुख्य चुनौती हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने