चैत २४, काठमाडौं । काठमाडौँ स्थित वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलामा आज बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।
हड्डी रोगबाट पीडित मीजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी ६५ वर्षाीया जयकला घर्ती मगरले बिहीबार बिहानै झुन्डिएर आत्महत्या गरेकी हुन् । जयकलाले झुण्डिएर आत्महत्या गरेको वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।
आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।