२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टाटासुमोमा च्यापिएर एक व्यक्तिको मृत्यु

२४ चैत्र २०७३, बिहीबार ०६:१६

चैत २४, पर्सा । वीरगन्ज–ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ । 

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । 

भारतीय नम्बरको वाहनमा परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई पल्टिँदा च्यापिएर विणको मृत्यु हुनका साथै वाहनमा सवार रहेका अन्य दुई जनासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

उहाँले वाहनमा सवार विणका १५ वर्षीया छोरी काजलकुमारी विणसहित दुई जना घाइते भएको बताउनुभयो । घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता जोशीको भनाइ छ । 

गण्डक नहर बाटोमा रहेका खाल्डो र सवारीसाधनको गति समेत बढी रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनापछि वाहन चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । 

मृतक विणको शव परीक्षणका लागि वीरगन्जको उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ