४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार

२५ चैत्र २०७३, शुक्रबार ०७:५३

चैत २५, पर्वत । लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ । 

नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैँटामा पानी सकिएपछि झनै समस्यामा परेका छन् । उनीहरुले विगत एक दशकदेखि घैँटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए । 

वर्षात्को समयमा सङ्कलन गरेर राखेको पानी पिउन बाध्य उनीहरु त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । एक दशकअघि फिनिडा र नेवा नामक संस्थाले गाउँका ७० घरमा खानेपानी सङ्कलन गर्ने घैँटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो । वर्षात्को समयमा गाउँ नजिकै मूल उठ्ने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदको समयमा दुई घन्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन् । 

पानी नपर्दा बर्खायाममा सङ्कलन गरेको पानी सकिएपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुसालले बताउनुभयो । “खानेपानी नहुँदा पानीकै लागि दुई घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा दिन बित्छ अन्य काम गर्न भ्याइँदैन भुसालले गुनासो गर्नुभयो । 

संस्थाले जस्ताको छाना भएको घरमा छ हजार लिटर बराबर र खरको छाना भएको घरमा चार हजार लिटर बराबरका घैँटा निर्माण गरिदिएको थियो । 

गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटक पटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ भएन केही वर्षअघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मतसम्भारको नहुँदा जीर्ण बनेपछि गाउँलेले पानीको समस्या भोग्नुपरेकोे अर्का स्थानीयवासी नरबहादुर थापाले बताउनुभयो । 

बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन विभिन्न निकायसँग मागसमेत गरेपनि अझसम्म सुनुवाई भएको छैन । 

सदरमुकामदेखि टाढाको दूरीमा रहेको गाविस भएकाले जिल्लाले समेत उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखि खानेपानीको अभाव खेप्दै आए पनि कुनै निकायले चासो नदेखाएको स्थानीयवासी लालश्री थापाले बताउनुभयो । 

पर्वत प्रशासनका सेवा अब मोबाइलमै जानकारी 

सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । 

गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवाप्रवाह थालेका हुन् । जिल्लामा नै पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । 

नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवाको प्रक्रियाबारे एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिकमैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ । 

त्यस्तै नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधि, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधि, धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी, महत्वपूर्ण सम्पर्कहरु, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरणसहित नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्तालगायतका सेवासुविधा लिने प्रक्रियासमेत उल्लेख गरिएको छ । त्यस्तै जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । 

कार्यालयले यो एप्सलाई डाउनलोड गरी आवश्यक जानकारी लिन सक्ने जनाएको छ । यो एप्स एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की