अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । 

गत च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । 

गत च"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सक्रान्तिबजारमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी सहित दर्जनौ स्थानीय घाइते

२०७३, २६ चैत्र शनिबार ०२:५५


अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । 

गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । 

महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा रहेको प्रहरी कार्यालयको बोर्डमा ढुंगा मुढा गरेका थिए । 

वार्तामा प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान भईरहेको गरिरहेको बताएपनि स्थानीय नेतृत्व पक्षले किटानी जाहेर गरेकालाई तत्कालै पक्राउ गर्न प्रहरीलाई दवाव दिएका थिए । प्रहरी प्रशासनले तत्कालै पक्राउ गर्न नसक्ने बताएपछि स्थानीय आक्रोसित भएपछि प्रदर्शन झडपमा परिणत भएको थियो । 

आक्रोेसित स्थानीयले करिव १० मिनेट सम्म ईलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज गरिएको प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भयो । 

झडपमा परी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको छ ।

प्रहरीले सागर थिंलाबु, चन्द्र तामाङ, खड्ग कटुवाल, नरेन्द्र सम्बाहाम्फे, विनोद तामाङ र डम्बर तामाङलाई नियन्त्रणमा लिएको हो । करिब एक घण्टासम्म तनावग्रस्त बनेको संक्रान्तिबजार घटनापछि भने अवस्था सामान्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश