३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरीको पानी खान बाध्य जनता भन्छन- ‘पानी ल्याउनेलाई भोट’

२६ चैत्र २०७३, शनिबार ०७:०३

चैत २६, सुर्खेत । सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउनुहुन्छ । 

बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उहाँको भनाइ छ । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ । वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि कपडामा पानी छान्दै खानुपर्ने बाध्यता भएको घर्तीको भनाइ छ । 

छिन्चु जाजरकोट सडकखण्ड यही राकम भएर जाने भएकाले यहाँका सबै होटलमा समेत भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उहाँको भनाइ छ । होटलमा पैसा भएका मानिस आएमा प्याक गरेको पानी किनेर खान्छन् पैसा नहुने ग्राहकले भने उही भेरी नदीको पानी पिउन बाध्य हुन्छन् । 

यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता अनि कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्छन्, तर काम गर्ने कोही होइनन् राकमका ५६ वर्षीय आइती पुनले दुखेसो पोख्नुभयो । यहाँका पाँच हजार भन्दा बढी घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य भएको आइतीको भनाइ छ । जाजरकोट र सल्यानको सिमानासँग जोडिएको राकम गाउँ वषांैदेखि हेपाइमा परेको छ । 

सडक आयो, बिजुली आयो तर पानी आएन उहाँले थप्नुभयो । सुरुमा होटलमा बस्ने ग्राहकहरु राम्रोसँग बस्छन् जब हामीले भेरीको पानी बोकेर ग्राहक र हामीले त्यही प्रयोग गरेको देख्दा पानीको समस्या रहेछ भेरीको पानी कसले खान्छ भनेर हप्काउने गरेको आइतीको पीडा छ । 

नजिक खोपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि वषांैदेखि यहाँका स्थानीयवासी खानेपानीको समस्याबाट वन्चित हुदै आएको अर्का स्थानीय बलबहादुर हमालले बताउनुभयो । 

यसपटक जसले समस्या हल गर्छ, जनताका समस्या बुझ्ने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई हाम्रो भोट हुन्छ । काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी अमूल्य भोट दिदँनौं बलवहादुरले भन्नुभयो । 

राकमको खानेपानीको समस्या चरम भएको यहाँका स्थानीयवासी भेरीको पानी खाँदै आएको बाध्यता आफूलाई थाहा भएको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले बताउनुभयो । 

विस्तारै बजारिकरण हुँदै आएको राकममा राज्यले केही लगानी गरी व्यवस्थित सहरको अवधारणा ल्याए यहाँका स्थानीयवासीको जनजीवनमा निकै सुधार ल्याउन सकिने स्थानीय वुद्धीजीवीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ