३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सय वर्षका बृद्वा मतदानको पर्खाइमा

२६ चैत्र २०७३, शनिबार ०७:२६

चैत २६, मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसक्नुभएको छ । 

मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा हुनुभएको छ । मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसलेगर्दा आम नेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन । 

मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको स्थानीय निर्वाचनमा ६६ वर्षकी हुनुहन्थ्यो । अहिले उनी ८५ वर्ष पार गर्दै हुनुहुन्छ । यी त केही सामान्य उदाहरण हुन । २०५४ सालमा भर्खर जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन्, भने वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका छन् । 

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भन्नुहुन्छ , “वैशाख ३१ गतेसम्म त अब कसो नबाचौंला ? त्यहाँबाट पनि उता स¥यो भने चाही यसै भन्न सकिँदैन ।” 

करिब दुई दशकपछि हुनलागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित देखिएका छन् । सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमासमेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता गाउँ पस्ने क्रम बाक्लिएको छ । आफ्नो महत्वपूर्ण अधिकार प्रयोग गरी जनप्रतिनिधि छान्ने सुनौलो अवसर गुम्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ । 

जनप्रतिनिधि नभएकै कारण गाउँको विकासले गति लिन नसकेको मोरङ सुन्दरदुलारीका युवा राजिव शर्माले बताउनुभयो । एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको बताउँदै उहाँले वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा गरिसकेको भएपनि एक महिनापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै जाने हो कि भन्ने सोचाई बनाएको छु भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ