अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रहरी र स्थानीय बीचको झडपपछि संक्रान्तिबजार र यातायात ठप्प

२६ चैत्र २०७३, शनिबार ०८:३९

अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको छ ।  बजारका अधिकांश पसलहरु बन्द भएका छन् भने आठराईबाट छुट्ने यातायातका साधनहरु समेत ठप्प भएपछि स्थानीयको जनजीवन प्रभावित भएको हो । 

बजारको बीच भागमा रहेको प्रहरी कार्यालयमा शुक्रबार साँझ प्रदर्शनकारीबाट ढुङ्गा मुडा भएपछि पसलहरु पनि अस्रक्षित हुन सक्ने सम्भावनाले संक्रान्तिबजार र बजारमै लाग्ने साप्ताहिक हाट अचानक बन्द भएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । 

शुक्रबारै भएको  प्रहरी र स्थानीयको झडपमा सवारी चालक माथी प्रहरीले कुटपिट गरेको भन्दै सावारी चालाक र यातयात व्यावसायीहरुले यातायातका साधन बन्द गराइका छन् । आठराईबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौ सवारी साधन ठप्प भएका छन् । 

निर्दोश चालक माथि भएको कुटपिटको छानबिन नभए सम्म र सवारी साधनको सुरक्षाको महशुस नभए सम्म यातायातका साधनहरु बन्द गरिने कन्चनजंगा यातायातका संक्रान्तिबजार काउन्टर ईन्चाज राजेन्द्र लिम्बुले जानकारी दिनु भयो । प्रहरी प्रशासनमा भने बजार बन्द र यातायत बन्दको कुनै आधिकारीक जनाकारी नआएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भएको छ  । 

गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । 

महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा तोड्फोड गर्ने प्रयास गरे पछि झडप भएको थियो 

प्रहरी र स्थानीय बीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज समेत गरेको थियो । झडपको क्रममा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ