३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात व्यक्तिद्वारा श्रीमानसँगै सुतेकि महिलालाई गोली हानियो

२९ चैत्र २०७३, मंगलवार १४:२०

चैत २९, पर्सा । वीरगन्जमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागी एक महिला गम्भीर घाइते भएकी छिन् । 

वीरगन्ज उपमहानगरपालिका– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकी हुन् । कोठामा श्रीमान्सँगै सुतिरहेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागी निलु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बिहान १ बजेदेखि २ बजेकोबीचमा गोली लागी घाइते भएकी निलुको पहिले वीरगन्जकै गण्डकस्थित वीरगन्ज हेल्थकेया हस्पिटलमा उपचारका लागि भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि वीरगञ्जकै नेशनल मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

देब्रे कन्चटमा गोली लागेकी निलुको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरी उपचार भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । 

उक्त घटनाबारे निलुको श्रीमान् तथा ससुराली पक्षसँग सोधपुछ भइरहको प्रहरीले जनाएको छ । श्रीमान्लाई हाल प्रहरी निगरानीमा राखी आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

घाइते निलुको १८ महिनाको एक छोरा रहेको प्रहरीले जनाएको छ । निलु र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र बेलाबेला झै–झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु