बैशाख १, भक्तपुर | नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, भक्तपुर | नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । 
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको बिस्केट जात्रा हेर्न आज बिहानैदेखि भीड

२०७४, १ बैशाख शुक्रबार ०७:१०

बैशाख १, भक्तपुर | नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । 

नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराति ९ः४५ बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट हजाराँैको सङ्ख्यामा जात्रा हेर्न बिहानैदेखि भीड लागेको छ । 

चैत मसान्तको दिन साँझ गःहिटीमा रहेको भैरवलाई बलि चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पु¥याउनेबित्तिकै ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवम् पूजा गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ । 

बिहीबार साँझ लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाँच्चिएर एकजनाको ज्यान गएको र पाँचजना घाइते भएपछि स्थानीयवासीले राति १० बजे अर्को लिङ्गो उठाएका थिए । 

लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । 

किंवदन्तीअनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले छोरीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग बिहे गर्न धेरै आए र बिहे गरे । बिहे गरेकै रात राजकुमारको मृत्यु हुने भएकाले राजाले आफ्नो शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरे । 

एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग बिहे गरे र राति ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग–नागिनी निस्केर अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नाग–नागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । 

यसरी अजिङ्गरको स्वरूप हुने नाग–नागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको र नाग–नागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको गोलो परेको लिङ्गो भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ । 

नेपाल संवत् २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दाअघि नै यो जात्राको परम्परा सुरु भइसकेको र यो जात्रालाई राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतविद् श्रीओम कायस्थले बताउनुहुन्छ । 

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित ९नाग म¥यो०, बिय जात्रा ९नागको जात्रा०, वीःस्यात ९नाग मारियो० हुँदै पछि विश्वजात्रा र त्यसबाट पनि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् । 

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै ‘वि’ को अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतीक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउनुहुन्छ । बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने र बिस्केट जात्रा मसान जात्राका रुपमा मृत आत्माको मुक्तिका लागि पनि मनाइने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !