Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ वर्ष मनाउन हिडेकी युवतीको स्कुटर दुर्घटनामा मृत्यु

By kit 2 मिनेट पढाइ

१, नुवाकोट । नुवाकोटमा स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका– ११ जरङ्खुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन साथीसँग ककनी आउँदै गर्दा ककनी गाउँपालिका– १ पहिरो भन्ने स्थानमा आज बिहान स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । स्वास्थ्य उपचारका लागि उनलाई काठमाडौँतर्फ पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

बा ७९ प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडकखण्डको ककनी गाउँपालिका– १ स्थित पहिरो भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस