बैशाख १, काठमाडौँ । राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, काठमाडौँ । राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ । 

"/>

2026-07-25 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आक्कल-झुक्कलबाहेक राजधानीमा हर्न बजेको सुनिएन

बैशाख १, काठमाडौँ । राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ । 

राजधानीका सडकमा चल्ने सानाठूला सबै प्रकारका सबै सवारीसाधनले आक्कलझुक्कल हर्न बजाए पनि अधिकांशले हर्न बजाउन नहुने हेक्का राखेर वाहन चलाएको पाइयो । 

बौद्धदेखि सिंहदरबारसम्मको यात्रामा नुवाकोट महाकाली–५ का लक्ष्मण थापाले पानी बोकेको एउटा ट्याङ्करले बारम्बार हर्न बजाएपछि चावहिलमा ‘ड्युटी’ बसेका ट्रफिक प्रहरीलाई गुनासो गरेको बताए । 

ती ट्राफिक प्रहरीले ट्याङकर चालकलाई ‘हर्न बजाउन नहुने ज्ञान नभएको र उसले एक/दुई दिनमा सिक्ने’ जवाफ आफूलाई फर्काएको र कारबाही गरिरहनु नपर्ने बताएको थापा सुनाउँछन् । 

चावहिल–मित्रपार्क–सिफल–कालोपुल–ज्ञानेश्वर–कालिकास्थान हुँदै सिंहदरबारसम्म दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गरेका थापाले कहीँ पनि हर्न बजाउनु परेन । 

यसैगरी बालाजु माछापोखरी–सोह्रखुट्टे–ठमेल–लैनचौर–जमल हुँदै भद्रकाली आइपुगेका धादिङ नीलकण्ठ नगरपालिकाका सन्तोषी शर्माले पनि अन्य दिनजस्तो आज हर्न नबजेको अनुभव सुनाइन् । 

महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पु¥याउने चेतनामूलक जानकारी राखेकाले पनि केही सुधार आएको हुन सक्ने शर्माको बुझाइ छ । 

नयाँ बानेश्वर–बबरमहल–माइतीघर हुँदै स्कुटीमा भद्रकाली आउनुभएकी कृतिका खड्काले आफूले हर्न नबजाएको सुनाइन् । “आज सार्वजनिक विदा परेकाले होला अन्य दिनको तुलनामा सवारीसाधनको आवाज कम सुनियो”, कृतिका बताइन् । 

त्यस्तै बल्खु–कुलेश्वर–टेकु–त्रिपुरेश्वर हुँदै सुन्धारासम्म मोटरसाइकलमा आएका कृष्णराज पाण्डेले एक पटकमा मात्र अत्यावश्यक भएर हर्न बजाउन परेको बताए । उनले भने, “मलाई ‘नो हर्न’का विषयमा थाहा छ तर अप्ठ्यारो परेर बजाए ।” 

कुनै/कुनै सवारीसाधनले अन्जानमा हर्न बजाए पनि ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर मात्र छोडेका थिए । काठमाडौँको कोलाहलपूर्ण वातावरणमा सुधार आउने विश्वास सर्वसाधारणको प्रतिक्रिया दिएको ट्राफिक प्रहरीको भनाइ छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले ‘हर्न निषेध’भन्दा पनि ध्वनि प्रदूषण कम गर्ने अभियानमा सकारात्मक प्रभाव परेको बताए । उनले अनावश्यक ध्वनि कम गर्ने यस उपायलाई प्रभावकारीरुपमा अगाडि लैजाने तयारी रहेको जानकारी दिए । 

काठमाडौँ उपत्यकामा दैनिक सातदेखि आठ लाख सवारीसाधन गुड्छन् । यी सवारीसाधनले अनावश्यकरुपमा उत्पन्न गर्ने ध्वनिका कारण मानव स्वास्थ्यमा गम्भीर पार्ने गरेको बुझिएको छ । 

काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले यस अभियानलाई आजदेखि लागू गरेको हो । अनावश्यक स्थानमा हर्न बजाएमा रु पाँच हजारसम्म जरिवाना गर्न सकिने अधिकार ट्राफिक प्रहरीसँग रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउनुभयो । 

उहाँले महानगर र ट्राफिक प्रहरीले सहकार्य गरेर हर्न निषेध गर्ने अभियानलाई सर्वसाधारण एवम् सवारीसाधन प्रयोगकर्तासम्म पु¥याउन नयाँ चेतनामूलक कार्यक्रम ल्याउने जानकारी दिए । महानगरलाई अन्य प्रदूषणबाट पनि मुक्त गर्ने अभियान ल्याउने कार्कीको भनाइ छ । 

यो अभियान काठमाडौँमा मात्र होइन, विश्वका ठूला सहरमा पनि लागू गरिएको छ । भारतका विभिन्न सहरमा हर्न बजाउन निशेष गरिएको छ भने अन्य मुलुकमा पनि हर्न बजाउन नपाइने व्यवस्था छ । 

यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा ल्याएको यस सकारात्मक अभियानमा आम सवारी प्रयोगकर्ताले मनन गर्नैपर्ने देखिएको छ । नयाँ वर्षसँगै सुरु गरिएको यस अभियान सफल हुने देखिएको छ । हरि लामिछाने/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक